२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकको ब्याजदरवृद्धि अस्थायी हो चाँडै घट्छः डेपुटी गभर्नर मिश्र(भिडियोसहित)



अ+ अ-

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकको ब्याजदर वृद्धि अस्थायी भएकाले व्यवसायीहरु आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।

बुधवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को वार्षिक जर्नल अर्थचित्र विमोचन तथा आर्थिक पत्रकार पुरस्कार समारोहलाई सम्बोधन गर्दै डेपुटी गभर्नर मिश्रले यस्तो बताउनुभएको हो । उहाँले बैंकको ब्याजदर बढ्ने ट्रेण्ड सामान्य भएको भन्दै वृद्धि भएको ब्याजदर चाँडै घट्ने दाबी गर्नुभयो । उहाँले अहिले संसारभर ब्याजदर बढाउने ट्रेण्ड चलेकाले नेपालमा पनि त्यसको प्रभाव परेको उल्लेख गर्नुभयो ।

मिश्रले मुलुकको अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा नभएको बताउनु भयो । उहाँले पछिल्लो समय विदेशी मुद्रा सञ्चितिमा ठूलो योगदान पु¥याउने रेमिट्यान्स प्रत्येक महिनामा बढ्दै गइरहेको बताउनु भयो । उहाँले नेपालमा रेमिट्यान्स तथा विदेशी पर्यटनको आगमन बढेकाले अर्थतन्त्रमा थप सुधार आउने बताउनु भयो । उहाँँले आगामी मौद्रिक नीतिको समीक्षामा खुशी प्राप्त हुनसक्ने संकेत देखिएको बताउनु भयो ।

डेपुटी गभर्नर मिश्रले भन्नुभयो,‘ समय सधैँ एकै किसिमको बस्दैन । कोरोनाको अढाई वर्षेकाल र पछिल्लो रुस र युक्रेन युद्धको कारण ८ महिनाको समयमा विश्व अर्थतन्त्रमा केही मन्दीको संकेत देखापर्न आएको छ । अमेरिकाको फेडरिर्जभ बैंक,भारतीय रिर्जभ बैंक,बैंक अफ इंग्ल्याण्डले र बैंक अफ अष्टे«लियाले ब्याजदर केही मात्रामा बढाउँदै लगेको हुनाले अन्तराष्ट्रिय स्तरमा तथा नेपालमा केही बैंक ब्याजदर बढेको छ ।’

‘त्यो एक किसिमको ट्रेण्ड हो ट्रेन तलमाथि भइरहन्छ । हामी आत्तिनुपर्ने अवस्था रहँदैन । मुलुकको अर्थतन्त्र जुन किसिमले हेरिरहेका छौं । राष्ट्र बैंकले हेरक महिना तथ्याङ्क निकाले गरेको छ । तथ्याङ्कलाई हेर्दा नेपालको अर्थतन्त्र धेरै अफ्ठ्यारो स्थितिमा छैनौं । तर संसारको हावा एकातिर हिँडेको छ नेपाल अर्को तिर हिँड्न समस्या हुन्छ । अहिले नेपाल त्यही हावासँगै बगेका छौं । अहिले अर्थतन्त्रमा केही राहत दिने सुचाङ्कहरु देखापरेका छन् । विदेशी मुद्रा सञ्चिति बढाउन सहयोग गर्ने रेमिट्यान्स हरेक महिना बढेकाले आशा लागेको छ ।’

‘नेपालमा पर्यटन आगमन बढ्दै गएको छ । त्यसबाट राष्ट्र बैंक आशावादी छ । मौद्रिक नीतिको समीक्षामा केही खुशी हुने संकेत प्राप्त हुनेछ । नेपाल कृषिजन्य उत्पादन तथा विद्युतमा आत्मनिर्भर बन्दै गएको भनिएपनि मुलुक आत्मनिर्भर बन्न लामो पाइला चलाउन आवश्यक छ । त्यसको लागि सबै पक्षको योगदान आवश्यक रहेको छ ।’

उहाँले कृषि र पर्यटनबाट क्षेत्रको विकासबाट नै मुलुकलाई आत्मनिर्भर बनाउन सम्भव रहेको बताउनु भयो । उहाँले मुलुक आत्मनिर्भर बन्न लामो पाइला चलाउन आवश्यक भएको भन्दै सरकार र निजी क्षेत्र सबै मिलेर जानुको विकल्प नभएको बताउनु भयो ।