३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

नेपाल बैङ्कद्वारा ग्रामीण विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री वितरण

नेपाल बैङ्कद्वारा ग्रामीण विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री वितरण
अ+ अ-

काठमाडाैँ । नेपाल बैङ्क लिमिटेड धुञ्चे शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पहिलोपटक दुर्गम क्षेत्रका सात विद्यालयका ९२ जना विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

दुर्गम क्षेत्रका विद्यार्थीको मनोबल बढाउने उद्देश्यले पहिलोपटक रसुवाका सामुदायिक विद्यालयका छात्रछात्रालाई पोसाक तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको शाखा प्रबन्धक कृष्ण तामाङले जानकारी दिनुभयो । बैङ्कले भीमली आधारभूत विद्यालय, पार्वतीकुण्ड आधारभूत विद्यालय गतलाङ, गोसाइँकुण्ड आधारभूत विद्यालय, आमाछोदिङ्मो, कोमिन श्यामे वाङ्फेल माध्यमिक विद्यालय स्याफ्रुबेँसी, लिङलिङ प्राथमिक विद्यालय र रसुवा माध्यमिक विद्यालय धुञ्चेमा अध्ययनरत विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री प्रदान गरेको हो ।

यसै सन्दर्भमा विद्यालयहरूका तर्फबाट कोमिन श्यामे वाङ्फेल माविका प्रधानाध्यापक किशोरकुमार पुरकोटीले सदैव रकम कारोबार गर्ने बैङ्कले पोसाक तथा शैक्षिक सामग्री उपलब्ध गराएर हिमाली तथा दुर्गम क्षेत्रका विद्यार्थीको मनोबल बढाएकामा धन्यवाद व्यक्त गर्दै सामाजिक उत्तरदायित्व कार्यक्रमलाई शैक्षिक कार्यक्रमसँग जोड्न अनुरोध गर्नुभयो ।

प्रबन्धक तामाङका अनुसार २०३३ सालमा पहिलो बैङ्कका रुपमा जिल्ला सदरमुकाम धुन्चेमा विस्तार भएको सो शाखाले आफ्नो सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै अधिकांश काम पाँच मिनेटभित्र सम्पन्न गर्नेगरी आवश्यक प्रबन्ध गरेको छ । जिल्लाको पुरानो सदरमुकाम स्याफ्रुबेँसीमा ‘काउण्टर’ रहेको सो बैङ्कको धुन्चे शाखाअन्तर्गत करिब १३ हजार निक्षेपकर्ता, ६०० भन्दा बढी कर्जा ग्राहक र पाँच हजार भन्दाबढी ग्राहक रहेकोे खजाञ्ची प्रकाश ढकालले जानकारी दिनुभयो ।

यसैगरी, धुन्चे शाखाका सहायक प्रबन्धक नारायणप्रसाद अधिकारीका अनुसार छिटोछरितो सेवा प्रवाह गरी जिल्लामा रहेका विभिन्न १७ वटा बैङ्क तथा वित्तीय संस्थालाई ‘नोट’ प्रवाह गर्ने, सबै सरकारी कार्यालयलाई भुक्तानी दिने तथा राजस्वबापत सङ्कलित रकम राख्ने जिम्मेवारी कुशलतापूर्वक बहन गरेका भनी सेवाग्राहीबाट खुसी व्यक्त गरिएको छ । देशकै पहिलो बैङ्कका रुपमा १९९४ सालमा स्थापना भएको नेपाल बैङ्कको देशका ७२ वटौ जिल्लामा शाखा कार्यालय रहेको छ ।