५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलहिया नाकामा पर्यटकलाई भव्य स्वागत



अ+ अ-

भैरहवा । इजरायलका म्याक ढाका टोपीमा ठाटिँदा मख्ख देखिनुहुन्थ्यो । विश्व पर्यटन दिवसको अवसरमा बेलहियामा पहिलो पर्यटकको रुपमा भित्रिएका म्याक नेपालीको स्वागतले गद्गद् हुनुहुन्थ्यो ।

विश्व पर्यटन दिवसको अवसरमा नेपाल भारत सीमा बेलहियामा भारत हुँदै आउने पर्यटकलाई गृहमन्त्री बालकृष्ण खाणले आज यहाँ स्वागत गर्नुभएको छ । भारत दिल्लीका लालाराम र केरलाका राकेशकुमार कच्छ पहिलो भारतीय पर्यटकको रुपमा आज नेपाल भित्रिनुभएको हो । यस्तै इजरायलका म्याक, क्यानडाका आरोन र चीनकी जुलाईलाई पनि मन्त्री खाणले स्वागत गर्नुभयो ।

त्रिचालिसौँ विश्व पर्यटन दिवसको अवसरमा समारोह समिति गठन गरी बेलहिया नाका हुँदै नेपाल भित्रिने पर्यटकलाई स्वागत गरिएको हो । नेपाल पर्यटकको लागि खुला रहेको र पर्यटकको स्वागत गर्न आतुर रहेको भन्ने सन्देश दिन ‘पर्यटनमा पुनर्विचार’ भन्ने नारासहित दिवस मनाइएको छ ।

विश्व पर्यटन दिवसको दिनदेखि सिद्धार्थ होटल सङ्घले भैरहवा तथा यस आसपासका सम्पूर्ण होटलमा नेपाली तथा भारतीय पर्यटकलाई २० प्रतिशत छुटको घोषणा गरेको छ । होटलमा उपलब्ध कोठा, खानामा यो छुट प्रदान गरिएको सिद्धार्थनगर होटल सङ्घका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै आज स्वागत गरिएका पाँच पर्यटकलाई पनि उनीहरुको गन्तव्यसम्म समारोह समितिले नै पु¥याउने र उनीहरुका आजको खाना खर्च एवं होटलको प्रबन्ध पनि समितिले नै गर्ने श्रेष्ठले जानकारी दिनुभयो । भारतको केरलाबाट नेपाल भ्रमणमा आउनुभएका राकेशकुमार कच्छ नेपालीको स्वागत, वेषभूषा र संस्कृतिले आफूलाई आकर्षित गरेको बताउनुहुन्छ । “भारत छोड्ने बित्तिकै नेपालीहरुबाट पाएको मायाले हर्षविभोर भएको छु”, उहाँले भन्नुभयो, “मेरो गाउँठाउँ पुगेर नेपालीहरुको यो आतिथ्यताबारे जानकारी गराउनेछु ।”

विदेशी पर्यटकको स्वागत कार्यक्रममा गृहमन्त्री खाणले नेपाल आउने भारतीय पर्यटकलाई पनि अन्य पर्यटकझै सम्मान गर्नुपर्ने बताउनुभयो । “वेषभूषा मिल्छ, रहनसहन मिल्छ भनेर भारतीयलाई हेला गर्नुभएन”, खाणले भन्नुभयो, “उहाँहरु पनि हाम्रो लागि विदेशी पाहुना हो, अन्य पाहुनाले जस्तो सम्मान उहाँहरुले पनि पाउनुपर्छ ।”

खाणले नेपालको समग्र विकासको लागि नेपालका सम्पदाको रक्षा र त्यसको उपयोगको साथै पर्यटन व्यवसायको प्रवद्र्धन नेपाललाई समृद्ध बनाउने मूल आधारशीला भएको बताउनुभयो । उहाँले सरकार नेपालको पर्यटन विकासमा संवेदनशील भएको बताउनुभयो । अतिथिको सम्मान गर्ने नेपालीको संस्कृति नै रहेको उहाँले जिकिर गर्नुभयो ।

बेलहिया नाकाबाट नै नेपालमा सडक मार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने भएकाले बेलहियामा अध्यागमन, भन्सार कार्यालय, पर्यटक सूचना केन्द्र, बाटोलगायतका पूर्वाधार अन्तर्राष्ट्रियस्तरको बनाइने उहाँले बताउनुभयो । बेलहियामा निर्माण सम्पन्न हुन बाँकी रहेको बाटोलाई पनि अबिलम्व निर्माणको व्यवस्था मिलाउन रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशनसमेत दिनुभयो ।

उहाँले लुम्बिनीमा रहेका विद्युतीय बस तत्काल सञ्चालन गर्न निर्देशन दिनुभयो । बस सञ्चालनमा आर्थिक कमी आए आफूले पाउने सुविधाबाट तिर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । खाणले भोलि ११ बजेसम्म बस सञ्चालनको औपचारिक निर्णय हुने गरी काम गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभयो ।




भर्खरै