२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयोगद्वारा निर्वाचन क्षेत्रअनुसार फरकफरक खर्च सीमा प्रस्ताव (सूचीसहित)



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले आसन्न निर्वाचन प्रयोजनका लागि उम्मेदवारले गर्ने खर्चको अधिकतम सीमा प्रस्ताव गरेको छ । आयोगले निर्वाचन क्षेत्रअनुसार फरकफरक खर्च सीमा प्रस्ताव गरेको हो ।

प्रतिनिधिसभातर्फ पाँच वटा समूह बनाएको आयोगले क्रमशः २५ लाख, २७ लाख, २९ लाख, ३१ लाख र ३३ लाख अधिकतम खर्च सीमा प्रस्ताव गरेको छ ।

त्यस्तै प्रदेशतर्फ पनि आयोगले पाँच वटा समूह बनाई अधिकतम खर्च प्रस्ताव गरेको छ । जसअनुसार क्रमशः १५ लाख, १७ लाख, १९ लाख, २१ लाख र २३ लाख प्रस्ताव गरिएको छ ।

आयोगले २०७४ को निर्वाचनमा कुनै समूह नबनाई प्रतिनिधिसभाका उम्मेदवारलाई अधिकतम २५ लाख र प्रदेशसभाका उम्मेदवारलाई १५ लाख रुपैयाँ खर्च गर्न पाउने सीमा निर्धारण गरेको थियो ।

आयोगले यसपटकको निर्वाचनमा निर्वाचन क्षेत्रभित्र सूचीकृत मतदाताहरुको कूल संख्यालाई ५५ प्रतिशत, निर्वाचन क्षेत्रको क्षेत्रफल (वर्ग किमि) लाई २५ प्रतिशत र मतदान केन्द्र संख्यालाई २० प्रतिशत भार छुट्याएर अधिकतम सीमा कायम गरेको हो। यसमा १८ प्रतिशत मुद्रास्फीति पनि जोडिएको छ ।

 

https://drive.google.com/file/d/1RJsnkYkK4a23VwPRJVFEvm_nHhakjTHk/view?usp=sharing