२४ भाद्र २०८३, बुधबार
,
Latest
माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’ प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ मौज्दात रसुवा बाढीपछि प्रधानमन्त्री शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गोकुल बाँस्कोटाको टिप्पणी : ‘त्यो किमार्थ क्रान्ति थिएन, नागरिक असन्तुष्टि मात्रै थियो’ हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी



अ+ अ-

काठमाडौं । नाबालिका बलात्कार गरेको अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ ।

अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले लामिछाने बिरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो ।

डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आवद्ध रहेका १३५ देशले आफ्नो देशमा सन्दीप भए नभएको खोजी हुने छ ।

उनीमाथि एक नाबालिगलाई पटकपटक जबरजस्ती करणी गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।

जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि गत भदौ २३ गते नै क्यानको कार्य सम्पादन समितिको निर्णय भन्दै उनलाई राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको थियो।

आफूविरुद्ध उजुरी पर्दा क्यारेबियनल लिग खेल्न नेपालबाहिर रहेका सन्दीप हालसम्म स्वदेश फर्किएका छैनन् । उनी कहाँ छन् भन्नेसमेत पत्ता लगाउन सकेको छैन ।