१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व आईजीपी खनाल एमाले प्रवेश(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेपाल प्रहरीको ३० वर्षे सेवाबाट अवकाशपछि स्वतन्त्र नागरिकका रूपमा रहेका खनाललाई एमाले पार्टी मुख्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायतका नेताहरले स्वागत गरे ।

पार्टी प्रवेश गर्दै उनले आफू इन्स्पेक्टर हुँदा अध्यक्ष ओली तत्कालीन समयमा गृहमन्त्रीको भूमिकामा रहेको र त्यसबेलादेखि नै आफू ओलीबाट प्रभावित भएको बताए ।

खनालले ओलीलाई बुधबार बालकोटमा भेटेका थिए । ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी थिए ।

उनीसँगै राष्ट्रिय पुनर्जागरण पार्टीका महासचिव रविकिरण खनाल, विवेकशील साझा पार्टीका संस्थापक अब्दुस मिया, जसपाका नेता होरिलाल चौधरीलगायत पनि एमालेमा प्रवेश गरेका छन् ।




भर्खरै