२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवौँ राष्ट्रिय खेलकुदः गण्डकीका खेल पत्रकारलाई तालिम



अ+ अ-

पोखरा । गण्डकी प्रदेशमा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना गरिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समाचार सङ्कलन र सम्प्रेषणलाई सरल बनाउन सञ्चारकर्मीका लागि खेलकुद पत्रकारिता तालिम सुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना र खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आजदेखि सुरु भएको दुई दिनको तालिममा मुस्ताङबाहेकका १० जिल्लाबाट गरी ७० जना खेल पत्रकारको सहभागिता रहेको छ ।

राष्ट्रिय खेलकुदका ३६ वटै खेलका नियम, खेल नतिजाको विधि, खेल अनुशासन, नियमलगायतका विषयमा जानकारी प्रदान गरी पत्रकारलाई सबै खेल विधामा समाचार सम्प्रेषणमा सक्षम बनाउने उद्देश्यले तालिम आयोजना गरिएको खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बरालले बताए ।

उनका अनुसार तालिममा ३६ वटै खेलका प्रशिक्षक एवं खेल पदाधिकारीले समाचार सम्पेषणका लागि सञ्चारकर्मीलाई प्रशिक्षित गर्नेछन् । पहिलो दिनको तालिममा १३ जना प्रशिक्षकले प्रशिक्षण दिए । स्क्वासका रामकृष्ण ज्ञवाली, उशुका गोपाल श्रेष्ठ, क्रिकेटका रिजन प्रजु, भारत्तोलनका राजन बड्गामी, फेन्सिङका सन्दीप बराल, सेपाताक्रोका मोहन गुरुङ आर्चरीका योगेन्द्र शेरचन र खोखोका विशालजङ्ग कुँवरले सम्बन्धित खेलका बारेमा जानकारी गराए ।

यसैगरी ब्याडमिन्टनका पुनम गुरुङ, बक्सिङका प्रियङ्का बर्मा, टेनिसका निरज थापा, प्याराग्लाइडिङका योगेश भट्टराई र खेल फोटोका बारेमा राम गुरुङले प्रशिक्षण दिएका थिए । बाँकी खेलका बारेमा दोस्रो दिन सम्बन्धित खेलका प्रशिक्षक तथा विज्ञबाट तालिम प्रदान गरिने मञ्चले जनाएको छ ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङले तालिमले खेल पत्रकारितामा रुचि राख्ने पत्रकारको दक्षता अभिवृद्धि हुने र नवौँ राष्ट्रिय खेलकुद भव्य बनाउन पत्रकारिताको माध्यमबाट योगदान पुग्ने विश्वास व्यक्त गरे । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता खेल मैदान व्यवस्थापन उपसमितिका संयोजकसमेत रहेका गुरुङले प्राविधिक कारणले प्रतियोगिताका लागि यसअघि तय भएका केही ठाउँको खेलस्थल परिवर्तन हुनसक्ने सङ्केत गरे ।

प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले राष्ट्रिय खेलकुद प्रतियोगितासम्बन्धी गतिविधिलाई आम सर्वसाधारणमाझ पुर्याउन सञ्चारकर्मीबाट निरन्तर साथ प्राप्त हुने विश्वास व्यक्त गरे ।

तालिमको उद्घाटन समारोहमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्वअध्यक्ष केशव पाठक, नेपाल पत्रकार महासङ्घ गण्डकीका महासचिव गोविन्द सुवेदी, पश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरणबहादुर बानिया, नेपाल पत्रकार महासङ्घ मनाङका अध्यक्ष नवीन लामिछाने, नेपाल पत्रकार महासङ्घ कास्कीका कोषाध्यक्ष कृष्ण दवाडी, मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेललगायतले तालिमले राष्ट्रिय खेलकुदमा प्रतियोगितामा समावेश गरिएका ३६ खेलको समाचार लेखनमा सहज पुर्याउने बताए ।




भर्खरै