२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोटीमा गठबन्धन नभए अरु जिल्लामा पनि हुदैन: प्रेम आले(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता प्रेमबहादुर आलेले आगामी प्रतिनिधि सभा निर्वाचनमा डोटीमा गठबन्धन नगर्ने भए कुनै जिल्लामा पनि गर्नु नहुने बताउनुभएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित नेपाल मगर संघ (समाजवादी( को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता आलेले डोटी जिल्लामा गठबन्धन चाहिँदैन भनेर भेला गर्दै हिँडेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो । उहाँले डोटी जिल्लामा गठबन्धन नगर्ने भए ७७ वटै जिल्लामा गठबन्धन गर्नु नहुने बताउनु भयो ।

उहाँले गठबन्धन गर्ने भएपनि ७७ वटै जिल्लामा हुनुपर्ने बताउनु भयो । नेता आलेले गत स्थानीय तह निर्वाचनमा आफूहरुले १० वटा वडामा
मात्रै उम्मेदवार उठाएर ५५ वटा वडा छाडिएको भन्दै यसैको मतको आधारमा नेपाली काँग्रेसले समाजवादीको मत कम रहेको व्याख्या गरिरहेको बताउनु भयो । गठबन्धन गर्दा स्थानीय तहको मतको कुरा गर्नु नहुने उहाँको भनाई छ । उहाँले स्थानीय निर्वाचनको परिणामको आधारमा गठबन्धनबाट बिद्रोहको प्रयास भइरहेको उल्लेख गर्दै त्यसप्रति आफूहरुको ध्यानाकर्षण भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘मेरो जिल्लामा पनि नेपाली कांग्रेसले अहिले ठाउँ–ठाउँमा भेला गर्ने, हामीलाई गठबन्धन चाहिँदैन भन्ने खालको कुराहरु गरिराखेको छ । गठबन्धन चाहिएन भने डोटीमा मात्रै होइन । ७७ जिल्लामै गठबन्धन हुनु भएन । यदी गठबन्धन हो भने ७७ वटै जिल्लामा गठबन्धन हुनुपर्छ भन्ने मेरो मान्यता हो । मैले हिजो संसदीय दलको बैठकमा पनि पार्टी अध्यक्षज्यूलाई जानकारी दिएको छु । आज समाजवादी भर्खरै बिद्रोहबाट जन्मिएको पार्टी, जनताको बीचमा नपुगेको पार्टी, स्थानीय तहको निर्वाचनमा कलम चिन्हको राम्रो प्रचार–प्रसार नभएको पार्टी, डोटीमा ९ वटा स्थानीय तहमा हाम्रो एकीकृत समाजवादीले जम्मा १० वटा वडामा मात्रै हाम्रो उम्मेदवारी भयो । ५५ वटा वडामा हामीले त्यत्तिकै छोडिदियौँ । त्यही १० वडाको भोट गनेर नेपाली काँग्रेसले समाजवादीको त ३ हजार भोट छ, समाजवादीको ३५ सय भोट छ भन्यो । भोटको कुरा हुन्छ रु स्थानीय निर्वाचन हुनुभन्दा अगाडी काठमाडौंको मेयर बालेनको मत कति थियो ? स्वतन्त्र रुपमा निर्वाचित हुनुभयो । उहाँको मत कति थियो रु उहाँको कुनै मत नै थिएन । त्यसलाई स्थानीय निर्वाचनलाई आधार मानेर दलहरुले बिद्रोहको प्रयास गरिराखेका छन् । यसप्रति हाम्रो एकदमै ध्यानाकर्षण भएको छ ।’

उहाँले मगर जाति समानुपातिकमा मात्रै बस्ने जाति नभएको बताउनु भयो । नेता आलेले मगर एक्लैएक्लै हरेक जातिसँग प्रतिष्पर्धा गर्नसक्ने जाति भएको बताउनु भयो । उहाँले आगामी निर्वाचमा पार्टीलाई ठूलो पार्टी बनाउनेगरी लाग्न नेता, कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो ।