७ कार्तिक २०८१, बुधबार
,
Latest
सुस्ताको सास्ती नयाँ इजरायली निकासी आदेश पछि लेबनानी नागरिकको भागाभाग प्रधानमन्त्रीलाई एमाले लतिपुुरको ध्यानाकर्षण एमालेलाई जग्गा र भवन निर्माण रोक्न माग गर्दै लगिएको रिट सर्वोच्चद्वारा दर्ता गर्न अस्वीकार पोखराको पर्यटकीय मौसम सुरु, ‘अकुपेन्सी’ घट्दा व्यवसायी चिन्तित ऊर्जामन्त्री दीपक खड्काले सय दिनमा के–कस्ता काम गरे? डेडिकेटेड लाइनको वक्यौता उठाउने कुरामा मन्त्रालय र प्राधिकरणका बीचमा मतभेद छैनः मन्त्री खड्का जाडोयाम सुरुभएसँगै बासस्थानको चिन्तामा बाढीपीडित लुम्बिनीलाई लगानीमैत्री क्षेत्र बनाउने गरी सरकारले काम शुरु गरेको छः मन्त्री ढकाल पहिलो त्रैमासमा कुन बैंकले कति नाफा कमाए ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजबाट दशैँका लागि अग्रिम टिकट बुकिङ खुला-फोटोफिचर



अ+ अ-

काठमाडौँ । आजबाट दशैँका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला भएको छ ।

यातायात व्यवस्था विभागका अनुसार दशैँका लागि यातायात व्यवसायी र विभागबीच भएको सहमतिअनुसार आज असोज १ गतेदेखि सार्वजनिक बसको अनलाइन टिकट बुकिङ खुला गरिएको हो ।

आज बिहान ७ बजेदेखि बसपार्क क्षेत्रमा टिकट काट्नेको भीड छ । टिकट बुकिङ खुलेसँगै काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा टिकट काट्नका लागि भीड लागेको देख्न सकिन्छ । नयाँ बसपार्क, कलंकी, कोटेश्वर, गौशाला, चाबहिल लगायतका स्थानमा यात्रुहरू टिकट काट्नका लागि पुगेका छन् ।

काठमाडौंबाट दशैँको समयमा लाखौं यात्रुले उत्पत्यका छोड्छन् । यातायात व्यवस्था विभागले दशैँमा असोज १५ देखि २२ गतेसम्म नारायणगढदेखि काठमाडौंसम्म अत्यावश्यक वस्तु ढुवानी गर्ने बाहेक ट्रेलरलगायतका ठूला सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । आवतजावत गर्ने ठाउँका सवारीसाधनका लागि अग्रिम बुकिङ गर्न छुट्टै टिकट काउन्टर स्थापना गरिएको छ भने थोरै गाडी जाने ठाउँमा हालकै काउन्टरबाट व्यवस्थापन गरिएको छ ।

यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने, अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीले यथाशक्य छुट वा सहुलियतसमेत प्रदान गर्ने निर्णय विभागले यसअघि नै गरेको थियो । यातायात व्यवस्था विभागले परिचयपत्र लगाएका कर्मचारीहरूसँग मात्रै टिकट काट्न पनि यात्रुहरूलाई आग्रह गरेको छ ।