११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण

विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी आह्वान

विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी आह्वान
अ अ+ अ-

काठमाडौं । विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठक आज देखि ४ दिन सम्म टिमोर-लेस्टेको डिलीमा सुरु भएको छ ।

बैठकमा नेपाल सरकारको तर्फबाट माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीज्यूको नेतृत्वमा सहभागिता जनाउने योजना रहेकोमा हाल देशमा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा स्वास्थ्य क्षेत्रको प्रतिकार्य, समन्वय र जीवनरक्षा कार्यमा प्रत्यक्ष संलग्न रहनुपर्ने भएकाले मन्त्रिज्यू उक्त बैठकमा सहभागी हुनुभएन ।

मन्त्रीको अनुपस्थितिमा अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राको नेतृत्वमा तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डल बैठकमा सहभागी भइरहेको छ ।

मन्त्रीले बैठकमा भिडियो सन्देश मार्फत नेपालले भोगिरहेको बाढीजन्य संकट र प्रभावित जनसमुदायबारे औँल्याउदै जलवायु परिवर्तनलाई क्षेत्रीय समितिको छलफलको केन्द्रमा राख्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान गरे तापनि बाढी, पहिरो, हिमतालसम्बन्धी जोखिम, स्वास्थ्य पूर्वाधारमा क्षति जस्ता गम्भीर असरहरू भोग्नुपरेको उल्लेख गर्दै यसलाई जलवायु न्यायको विषयका रूपमा प्रस्तुत गर्दै स्वास्थ्यका लागि समर्पित जलवायु वित्त, बलियो बहुक्षेत्रीय सहकार्य तथा जलवायु उत्थानशील स्वास्थ्य प्रणाली निर्माणका लागि क्षेत्रीय तथा विश्वव्यापी प्रतिबद्धता सुदृढ गर्न समेत आह्वान गर्नुभएको छ।