२२ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता



अ+ अ-

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) बीच सेवा आदानप्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सो सम्बन्धी सम्झौतापत्रमा राससका महाप्रबन्धक सन्दीप राई र नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल) ले आज भद्रकालीस्थित टेलिकम कार्यालयमा हस्ताक्षर गर्नुभएको हो । सम्झौताअनुसार नेपाल टेलिकमले राससलाई इन्टरनेट सेवा उपलब्ध गराउने छ भने राससले आफ्नो समाचार सेवा टेलिकमलाई उपलब्ध गराउने छ ।

द्विपक्षीय सम्झौतापछि आयोजित कार्यक्रममा महाप्रबन्धक राई र प्रबन्ध निर्देशक पहाडीले दुई सरकारी निकायबीचको सेवा आदानप्रदानसँगै सेवाग्राही विस्तारसहित सम्बन्ध विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँहरूले आपसी सहयोग र सहकार्यको अवधारणासहित अघि बढेको सम्झौता आगामी असोज १ गतेदेखि कार्यान्वयन भएसँगै आ–आफ्ना संस्थाका तर्फबाट उपलब्ध सेवा आदानप्रदानका साथ प्रवद्र्धनात्मक कार्यक्रम एवं गुणस्तरीय सेवा प्रवाह भई दुवै संस्था लाभान्वित हुने धारणा व्यक्त गर्नुभयो ।