२२ भाद्र २०८३, सोमबार
,
Latest
कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ



अ+ अ-

काठमाडौं । सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने अभिव्यक्तिसहितको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा प्रसारण गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका-७ घर भई हाल काठमाडौँको चन्द्रागिरि नगरपालिका-१२ बलम्बु बस्दै आएका २४ वर्षीय विरेन्द्र मडै रहेका छन् ।

प्रहरीका अनुसार मडैले भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिसम्बन्धी विषयलाई लिएर विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा उक्त विपत्तिमा खुशी व्यक्त गर्ने आशयका श्रव्यदृश्य सामग्री तयार गरी सामाजिक सञ्जाल फेसबुकको रिलमार्फत प्रसारण गरेका थिए ।

उक्त सामग्री सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने प्रकृतिको रहेको आरोपमा साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले मडैलाई पक्राउ गरेको ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।

पक्राउ परेका मडैमाथि काठमाडौँ जिल्ला अदालतबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।