२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपबारे प्रमोद खरेलको प्रश्न- देशको झण्डा छातीमा बोकेको मान्छेलाई हल्ला नगरी कानूनी प्रक्रियामा जादाँ के बिग्रन्छ?



अ+ अ-

काठमाडौं । चर्चित गायक प्रमोद खरेलले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि अन्तर्राष्ट्रिय आतंकवादी सरह केही तत्वहरू हात धोएर लागि परेको टिप्पणी गरेका छन् ।

यौनजन्य कसुरको आरोप खेपिरहेका लामिछानेलाई प्रहरीले पक्राउ गर्ने तयारी गरिरहँदा खरेलले सामाजिक सञ्जालमार्फत सो टिप्पणी गरेका हुन् ।

उनले सन्दीपमाथि अन्तर्राष्ट्रिय आतंकवादीको जस्तो व्यवहार भइरहेको गुनासो समेत गरेका छन् । देशको झण्डा छातीमा बोकेको मान्छेलाई होहल्ला नगरी आवश्यक कानूनी प्रक्रियामा जानुपर्ने उनको सुझाव छ ।

प्रमोद लेख्छन्- ‘मानौं ऊ अन्तर्राष्ट्रिय आतंकवादी हो, केही तत्व ९सबै होइन० हात धोएर लाग्या छन् । कानूनी प्रक्रिया पुर्‍याएर काम गरे त हुन्छ होला, जे सजाय पाउने हो पाउँछ नै यदि दोषी भए ।देशको झण्डा छातीमा बोकेको मान्छेलाई होहल्ला नगरी आवश्यक कानूनी प्रक्रियामा जादाँ कसैको के बिग्रन्छ र ? कि के हो ?’