२३ भाद्र २०८३, मंगलवार
,
Latest
मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी पूर्वअम्पायर असद राउफको निधन



अ+ अ-

काठमाडौं । पाकिस्तानी पूर्व अम्पायर असद राउफको निधन भएको छ । आईसीसी इलाइट प्यानलका राउफको हृदयघातका कारण ६६ वर्षको उमेरमा निधन भएको हो ।

राउफ पाकिस्तानका सर्वाधिक प्रख्यात अम्पायरमध्ये एक हुन् । उनले ६४ वटा टेस्ट, १३९ ओडीआइ तथा २८ टि–२० मा अम्पायरिङ गरेका थिए ।

उनलाई सन् २००६ मा आइसीसीको इलाइट प्यानलमा समावेश गरिएको थियो ।

तर, सन् २०१३ मा मुम्बई प्रहरीले आइपीएलको स्पट फिक्सिङ स्क्यान्डलमा आरोपित गरेपछि उनको करिअरमा ब्रेक लागेको थियो ।

सन् २०१६ मा भारतीय क्रिकेट बार्डले उनलाई विभिन्न आरोपहरु लगाउँदै पाँच वर्षको प्रतिवन्ध लगाइदिएको थियो ।

यद्यपि, आईसीसीले भने उनलाई दोषी ठहर गरेको छैन ।