७ कार्तिक २०८१, बुधबार
,
Latest
प्रधानमन्त्रीबाट सरकारले सम्पादन गरेका प्रमुख कार्यको उपलब्धिबारे सम्बोधन एमालेलाई मीनबहादुरको जग्गादानबारे सर्वोच्चमा मुद्दा दर्ता हुने सुस्ताको सास्ती नयाँ इजरायली निकासी आदेश पछि लेबनानी नागरिकको भागाभाग प्रधानमन्त्रीलाई एमाले लतिपुुरको ध्यानाकर्षण एमालेलाई जग्गा र भवन निर्माण रोक्न माग गर्दै लगिएको रिट सर्वोच्चद्वारा दर्ता गर्न अस्वीकार पोखराको पर्यटकीय मौसम सुरु, ‘अकुपेन्सी’ घट्दा व्यवसायी चिन्तित ऊर्जामन्त्री दीपक खड्काले सय दिनमा के–कस्ता काम गरे? डेडिकेटेड लाइनको वक्यौता उठाउने कुरामा मन्त्रालय र प्राधिकरणका बीचमा मतभेद छैनः मन्त्री खड्का जाडोयाम सुरुभएसँगै बासस्थानको चिन्तामा बाढीपीडित
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिमा विश्वकर्माको प्रश्नः आरोप लागेकै भरमा खेलाडीलाई कालोसूचीमा राख्नु कतिसम्म न्यायपूर्ण ?



अ+ अ-

काठमाडौं । प्रहरी अनुसन्धानमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई कालोसूचीमा राखेको विषयलाई लिएर अभिनेत्री तथा टिभी प्रस्तोता रिमा विश्वकर्माले प्रश्न उठाएकी छन् ।

एउटा अन्तर्राष्ट्रिय स्तरको खेलाडीलाई दोष प्रमाणित हुनु अगाडि कालोसूचीमा राखिनु न्यायपूर्ण नभएकोमा उनको तर्क रहेको छ ।

सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस लेख्दै रिमाले आफ्नो असन्तुष्टि व्यक्त गरेकी हुन् । उनले सन्दीप लामिछाने दोषी हुन् वा निर्दोष भन्ने छानविनपछि मात्रै थाहा हुने उल्लेख गर्दै दोषी ठहर भए कानून बमोजिम सजाय पाउनुपर्ने पनि बताएकी छन् ।

उनले फेसबुकमा लेखेकी छन्- ‘सन्दिप लामिछाने दोषी होलान् या निर्दोष यो त छानबिनपछि नै थाहा होला । दोषी भएमा उनले देशको कानुन बमोजिम सजाय पाउनु पर्छ, अपराधिले कुनै पनि हालतमा उनमुक्ति पाऊनु हुदैन। तर आरोप लगाएकै भरमा राज्यले छानबिनकै क्रममा रहेको विषयमा दोषी नै भए जसरी एक अन्तराष्ट्रिय स्तरको रास्ट्रिय खेलाडीलाई कालो सुचीमा राख्नु कतिसम्म न्यायपुर्ण छ? ‘