२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिमा विश्वकर्माको प्रश्नः आरोप लागेकै भरमा खेलाडीलाई कालोसूचीमा राख्नु कतिसम्म न्यायपूर्ण ?



अ+ अ-

काठमाडौं । प्रहरी अनुसन्धानमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई कालोसूचीमा राखेको विषयलाई लिएर अभिनेत्री तथा टिभी प्रस्तोता रिमा विश्वकर्माले प्रश्न उठाएकी छन् ।

एउटा अन्तर्राष्ट्रिय स्तरको खेलाडीलाई दोष प्रमाणित हुनु अगाडि कालोसूचीमा राखिनु न्यायपूर्ण नभएकोमा उनको तर्क रहेको छ ।

सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस लेख्दै रिमाले आफ्नो असन्तुष्टि व्यक्त गरेकी हुन् । उनले सन्दीप लामिछाने दोषी हुन् वा निर्दोष भन्ने छानविनपछि मात्रै थाहा हुने उल्लेख गर्दै दोषी ठहर भए कानून बमोजिम सजाय पाउनुपर्ने पनि बताएकी छन् ।

उनले फेसबुकमा लेखेकी छन्- ‘सन्दिप लामिछाने दोषी होलान् या निर्दोष यो त छानबिनपछि नै थाहा होला । दोषी भएमा उनले देशको कानुन बमोजिम सजाय पाउनु पर्छ, अपराधिले कुनै पनि हालतमा उनमुक्ति पाऊनु हुदैन। तर आरोप लगाएकै भरमा राज्यले छानबिनकै क्रममा रहेको विषयमा दोषी नै भए जसरी एक अन्तराष्ट्रिय स्तरको रास्ट्रिय खेलाडीलाई कालो सुचीमा राख्नु कतिसम्म न्यायपुर्ण छ? ‘