६ असार २०८३, शनिबार
,
Latest
रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन (फोटो फिचर) लागुऔषधसहित २३ जना पक्राउ जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्तब्यस्त काठमाडौंमा टहलिन खुला ठाउँ (फोटोफिचर)



टुडिखेलमा धरहरा निर्माणका क्रममा राखिएको निर्माण सामाग्री र फोहोर ।
अ+ अ-

काठमाडौंमा टहलिनको लागि खुला ठाउँको अभाव छ । उपत्यका भित्र यस्ता सायदै ठाउँ होलान् जहाँ केही समयका लागि टहलिन मिल्ने ठाउँ छन् । काठमाडौं बस्तीहरुले भरिएको शहर हो । मानिसको भीड र अव्यवस्थित बसोवास । जसका कारण खालि ठाउँ प्रायः शुन्य छ । खुला ठाउँको अभाव काठमाडौं उपत्यकाभर नै छ । यसको मुदद बेलाबेलामा नउठेको पनि होइन । तर समस्या पनि ज्यूँ का त्यूँ छ ।

समस्या समाधानको बुटी फेला पर्न सकेको । खालि ठाउँ हुनुपर्छ भन्ने पाठ त हामीलाई वि.सं. २०७२ सालको भूकम्पले पनि सिकाएर गएको छ । तर गएको कुराको वास्ता गरेको सम्बन्धित पक्षबाट पाइँदैछ । काठमाडौं उपत्यकामा खुला ठाउँ नभएका होइनन् तर बिस्तारै हराउँदै र मेटिँदै गएका छन् । खुला ठाउँ कसले गायब बनायो यो सोधको विषय बन्नसक्छ । टुँडिखेल, रत्नपार्क, तीनकुनेको घाँसे मैदान, सिफल चौर, पुल्चोकको मद स्मारक, पशुपति मन्दिर परिसर, लगनखेलको सप्तपाल पोखरी, गोदावरीस्थित बोटानिकल गार्डेन, भृकुटीमण्डपस्थित टहरा, चापागाँउको बज्रवाराही क्षेत्र खुला ठाउँ थिए कुनै बेलामा । तर आज यी कुनैपनि ठाउँ खुला छैनन् ।

अतिक्रमण, व्यवसायिक प्रयोजकनले सबै खुला ठाउँ मासिएका छन् । बालबालिकालाई रमाउन, वृद्धवृद्धाका लागि टहलिन र युवापिढीका लागि थकान मेटाउने यस्ता ठाउँको अभाव दिनप्रतिदिन मेटिँदै छ । खालि भएका स्थानको पनि पुनःनिर्माण हुन नसक्दा अस्तव्यस्त बनेका छन् । न्युज एजेन्सी नेपालका फोटो पत्रकारले खिचेका यिनै दृश्यहरु आजको फोटो फिचरमा ।

चापागाँउको बज्रवाराही स्कूलको चौरमा राखिएका बसहरु ।
भृकुटीमण्डपस्थित सिंहदरवारअगाडि रहेका प्लाष्टिकले छाएर बनाइउको अस्थायी टहरा ।
गोदावरीस्थित बोटानिकल गार्डेनसँगै जोडिएको चौरमा व्यापारीले बनाएका झुपडी ।
लगनखेलको सप्तपाल पोखरी परिसर झार र बुट्यानले ढाकिएको अवस्थामा ।
ललितपुरको धोविघाटस्थित मलपोखरी ।
विश्व सम्पदा क्षेत्र पशुपति मन्दिर परिसरमा राखिएका गाडीहरु ।
पुल्चोकको मद स्मारक विद्यालय परिसरमा राखिएको पुराना सरसामान ।
सिफल चौर अतिक्रमण गरेर फुटपाथ व्यापार गरिदै ।
सिफल चौरमा जमेको पानी र वरपर बर्षामा उम्रेको झार ।
तीनकुनेको घाँसे मैदान भलिवल खेल्ने खेलाडी र फुटपाथ पसले ।
टुडिखेलमा धरहरा निर्माणका क्रममा राखिएको निर्माण सामाग्री र फोहोर ।