२५ जेष्ठ २०८३, सोमबार
,
Latest
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’
तपाईं के खोज्दै हुनुहुन्छ ?

रक्षा बन्धनको शुभकामना दिँदै नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अल्मुताईरीले बाँधे ‘डोरा’



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले पनि रक्षा बन्धनको अवसरमा डोरा बाँधेका छन् । सामाजिक सञ्जाल फेसबुकमा 'म अब सुरक्षित छु, रक्षाबन्धनको शुभकामना' भन्दै आफ्नो हातमा डोरा बाँधेको तस्बिर प्रशिक्षक अल्मुताईरीले सार्वनिक गरेका छन् ।

उनले सो तस्बिर सार्वजनिक गरे लगत्तै उनलाई पनि कमेन्ट सेक्सनमा उनका धेरै शुभचिन्तकहरुले रक्षाबन्धनको शुभकामना व्यक्त गरेका छन् । प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले पछिल्लो समय नेपाली राष्ट्रिय फुटबल टोलीलाई प्रशिक्षण दिँदै आएका छन् ।

उनले नेपाली नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकको भार सम्हालेदेखि नेपाली राष्ट्रिय फुटबल टोलीको खेलमा निकै सुधार आएको देखिएको छ । उनको प्रशिक्षणलाई सबै नेपालीहरुले प्रशंसा पनि गर्दै आएका छन् । प्रशिक्षक अल्मुताईरीकै प्रशिक्षणमा नेपाली टोलीले विश्व कप छनोटको खेल पनि खेलेको थियो  ।