काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँएको छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्छन् ।
तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
आज देशभरका विभिन्न जिल्लाहरुमा कसरी मनाए त रक्षावन्धन, जनै पूर्णिमा ? तल केही जिल्लाहरुमा रक्षावन्धन, जनै पूर्णिमा मनाईएका तस्बिरहरु समाबेश गरेका छौं । तस्बिरहरु हेर्नुहोस्-

(ललितपुुरको बङ्गलामुुखी कुुम्भेश्वर महादेव मन्दिर परिसरमा जनै तथा रक्षाबन्धन लगाउनु अघि स्नान गर्दै भक्तजन । तस्बिर: चन्द्रकला क्षेत्री/रासस)

(जनैपूूर्णिमाका अवसरमा आइतबार ललितपुुरको बङ्गलामुुखी कुुम्भेश्वर महादेव मन्दिर परिसरमा रक्षा बन्धन लगाउँदै युवा । तस्बिर: चन्द्रकला क्षेत्री/रासस)

(जनै पूर्णिमाका दिन आइतबार बङ्गलामुखी मन्दिर परिसरमा भक्तजनलाई डोरो बाध्दै पुरोहित । तस्बिर: प्रदीपराज वन्त/रासस)

(ललितपुरको बङ्गलामुखी मन्दिर परिसरमा आइतबार डोरो बाध्दै युवती । कोरोना महामारीका कारण मन्दिरको प्रवेश द्वार बन्द गरिएको छ । तस्बिर: प्रदीपराज वन्त/रासस)

(मध्यपुर थिमि–७ स्थित विसंतकी (शिलेश्वर) महादेव मन्दिरमा जनै पूर्णिमाका दिन पूजाआजा गर्दै भक्तजन । गोसाइँकुण्डको पानी यहाँ रहेको कुण्डमा आउने विश्वास गरिन्छ । गोसाइँकुण्डमा जान नसक्नेले यस कुण्डमा स्नान गरेमा गोसाइँकुण्ड पुगेसरह फल प्राप्ति हुने धार्मिक विश्वास रहिआएको छ । तस्बिर: रत्न श्रेष्ठ/रासस)

(जनै पूर्णिमाका अवसरमा सङ्खुवासभाको खाँदबारी नगरपालिका –९ तुम्लिङटारस्थित अरुण नदी किनारमा आइतबार मनकामना गु्रुकूलका गुरुसँग टीका लगाउँदै सुरक्षाकर्मी । तस्बिर: भविन कार्की/रासस)
(जनैपूर्णिमाको अवसरमा ब्राह्मण समाज नेपाल तनहुँले आइतबार दमौलीमा आयोजना गरेको सामूहिक रक्षाबन्धन कार्यक्रममा सर्वसाधारणलाई धागो बाँध्दै समाजका केन्द्रीय सदस्य उपेन्द्र लम्साल । तस्वीर: कृष्ण न्यौपाने/रासस)

(जनैपूर्णिमाका अवसरमा घोराही –५ धर्ना धारपानी मन्दिरमा ब्राह्मण र क्षेत्री पुरुषले हिन्दू परम्परानुसार (यज्ञोपवीत) अर्थात जनै र रक्षा बन्धन लगाउँदै । तस्बिर: रञ्जिता अधिकारी/रासस)