२० भाद्र २०८३, शनिबार
,
Latest
‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी



अ+ अ-

काठमाडौँ । नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

एक नाबालिग किशोरीले बलात्कारको किटानी जाहेरी दिएपछि सन्दीपलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौँले अनुमति दिएको छ । प्रहरीले बलात्कार आरोपबारे अनुसन्धान गर्न सन्दीपलाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो ।

हाल सन्दीप मुलुक बाहिर छन् । उनलाई प्रहरीले जुनसुकै बेला पनि पक्राउ गर्न सक्छ । क्यारेबियन प्रिमियर लिगमा सहभागिता जनाउन अहिले उनी वेस्ट इन्डिज (जमैका) मा छन् ।

सन्दीपले बलात्कारमा आफ्नो संलग्नता अस्वीकार गर्दै नेपाल क्रिकेट संघ ९क्यान० सँग कानूनी उपचारमा सहयोग गर्न आग्रह गरेका छन् ।