९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

यम:द्यो ठड्याएर भक्तपुरमा ईन्द्रजात्रा सुरु गरियो

यम:द्यो ठड्याएर भक्तपुरमा ईन्द्रजात्रा सुरु गरियो
अ अ+ अ-

भादगाउँ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत ईन्द्रजात्रा भक्तपुरमा आजबाट सुरु भएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीको दिन भक्तपुर नगरपालिकाका टोल टोलमा इन्द्रको मूर्ति स्वरुप यमस्द्यो ठड्याएर जात्रा सुरु गरिन्छ ।

भक्तपुरको ईन्द्रजात्रामा स्थानीय गुठीयारले टोल टोलमा यमस्द्यो ठडयाएर, सलाँ गणेश, छुमा गणेश, इन्द्रायणी देवी र भैरवको जात्रा, याँमता(आकाश दीप) जात्रा, मुपात्र जात्रा र पुलुकीसी जात्रा गरी आठ दिनसम्म धुमधामका साथ मनाउँछन् ।

जात्राको पहिलो दिन स्थानीय गुठियारले नगरका टोल टोलमा विधिवत पूजाआजा हित नगरका ईताछें।, तेखापुखुस्, मुलाखस्, बुलुचा, साकोठा, भोलाछें, सुजम्हरी, खौमा, गस्हीटी, महालक्ष्मी स्थान, चासुखेललगायतका स्थानमा यमस्द्यो ठड्याइन्छ । दोस्रो दिनलाई शून्य दिन मानिन्छ । यस दिन जात्राको कुनै कार्यक्रम हुने छैन ।

जात्राको तेस्रो दिन अर्थात ईन्द्रजात्राका दिन साँझ खौमास्थित ईन्द्रायणी देवीको खट जात्रा मनाइन्छ । जात्रामा ईन्द्रायणी देवीलाई सिंङ्गारपटार गरी विधिवत पूजा गरेर परम्परागत बाजागाजाका साथ दाफा, भजन गाएर, स्थानीय महिला हाकुपटासीमा सजिएर सुकुना बालेर, बालबालिका र वृद्ध ढुप दिप बालेर सिद्धपोखरीले परिचित ईन्द्र दहको दक्षिण दिशाको बिचमा ल्याई विराजमान गराइन्छ । जात्राको क्रममा राति पालाको दिप बालेर दहलाई सजाइन्छ । यस दिन राति दहमा मेला लाग्छ । मध्यराति तान्त्रिक पूजा गरी ईन्द्रायणीलाई भोगवली चढाउने परम्परा रहेको छ ।

जात्राको चौथौ दिन यन्या पुन्ही(भाद्र शुक्ल पुर्णिमा)का अवसरमा धार्मिक तीर्थस्थलका रुपमा रहेको प्रसिद्ध प्राचीन इन्द्र दहमा बिहानै स्नान गरी ईन्द्रायणी देवीको पूजाआजा गर्ने भक्तजनको ठूलो घुइँलो लाग्ने गर्छ । देवराज ईन्द्रले स्नान गरेको दह हुनाले यस दिन ईन्द्र दहमा स्नान गरी ईन्द्रायणी देवीको पूजा आराधना गरेमा पुण्य प्राप्ति हुनुका साथै पारिवारिक सुस्ख समृद्धि मिल्ने जनविश्वास छ ।

यस दिन ईन्द्रायणी देवीको मात्र नभएर दह छेउछाउमा रहेका लिच्छविकालीन र मल्लकालीन शैव, शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवीदेवताका मूर्तिहरु तथा वासुकी नागको पूजा गरिन्छ । दहको पूर्वदिशामा रहेको शिवलिङ्गमा जल चढाइ पिउने परम्परा छ । राती ईन्द्रायणी देवीलाई परम्परागत बाजागाजाका साथ पुनस् जात्रा गरी खौमा स्थित देवगृहमा ल्याई विधिवत पूजा गरी आशनमा विराजमान गराइन्छ । जात्राको पाँचौ दिनलाई पनि शून्य मानिन्छ ।

जात्राको छैठौँ दिनदेखि तीन दिनसम्म लगातार याँमता र मुपात्र जात्रा मनाइन्छ । पहिलो दिन सकुलान टोलका मानन्धर समुदायले दत्तात्रयस्थित भिमसेन मन्दिरमा एक जोडी याँमता (त्रिशुल आकारको माथि फर्किएका तीन वटा टुप्पामा बालिने बत्ती) बालिन्छ । लगतै तचपालको सँला गणेशलाई विधिवत पूजा गरी खटमा राखिन्छ । गणेशलाई खटमा राखिसकेपछि अगाडि याँमता त्यसपछि सलाँ गणेशको जात्रा गरिन्छ । त्यसपछि मुपात्र जात्रा मनाइन्छ । जात्रामा याँमता, गणेश र मुपात्रलाई यमस्द्यो भएको ठाउँमा परिक्रमा गराइन्छ ।

जात्रामा मुपात्र प्रमुख र धिस्चा नामक उनका अन्य दुई सहायकसहित तीन जनालाई राक्षसको पोसाक लगाइ अनुहारमा विभिन्न रङ लगाइ सिंङ्गारपटारका साथ तरवार समात्न लगाई शहर परिक्रमा गराउने प्रचलन छ । शहर परिक्रमा गर्दा टोल टोलमा ठड्याएको यमस्द्योलाई मुपात्रले तीन पटक घुमेर तरवारले हान्ने गरिन्छ ।

जात्राको सातौ दिन बेलुका गोमारीको मानन्धर समुदायको याँमतासँगै चोछें टोलको छुमा गणेशको जात्रा गरिन्छ । यस दिन गोमारीको मानन्धर समुदाय साँझ छुमा गणेशकहाँ गएर सुकुना बालेर आईसकेपछि गोमारी मानन्धर चोकमा एउटा याँमता बालेर जात्रा शुरु गरिन्छ । याँमता चोछेंमा पुगेपछि छुमा गणेश त्यसको पछाडी गई जात्रा गर्छ । लगतै भक्तपुरको दरबार स्क्वायरबाट मुपात्र निकालेर जात्रा गरिन्छ ।

जात्राको अन्तिम दिनमा तल्लो टोलको मानन्धर समुदायले एक जोडी याँमता लाने परम्परा छ । यस दिन याँमतासँगै तमारी९तौमढी०को भैरवको खट जात्रा र पुलुकिसी जात्रा गरिन्छ । सुरुमा तल्लो टोल तेखाचो र तापालाछींका मानन्धर समुदायले भैरवनाथ मन्दिरमा गई सुकना बालेर आउँछ । त्यसपछि बुलाचास्थित ढुङ्गेधारामा एकजोडी याँमता बालेर जान्छ । त्यसको पछाडि तमारीको आकाश भैरवको अर्को स्वरुप मसान भैरवको खट जात्रा गारिन्छ । खट जात्रामा नायखिङ (खड्गी समुदायको विषेश)बाजा बजाएर भैरवनाथको रथलाई परिक्रमा गराइन्छ । परिक्रमा गर्नु पुर्व गुठी संस्थानबाट भैरवलाई विधिवत रुपमा बली पूजा गरिन्छ ।

भैरवको खट जात्रा गरेपछि स्थानीय लाकुलाछें टोलका समुदायले बाँसको मान्द्रोमाथि नीलो कपाडाले छोपेर अगाडिको भागमा हात्तीको सुँढ राखी तयार गरिएको पुलुकिसी जात्रा सुरु गरिन्छ । जात्रा सुरु गर्न अगाडि तमारीको भैरव मन्दिर अगाडि तीन पटक घुमेर पुलुकिसी जात्रा सुरु गर्छ । जात्रामा पुलुकिसीलाई चार मानिसले बोकेर ल्याइन्छ भने एक जनाले पुलुकिसीभित्र बसेर घण्टा बजाएर आउने परम्परा छ ।

देवराज ईन्द्रका विश्वासिलो सेवक ऐरावत हात्तीको रुपमा लिइने पुलुकिसीलाई नगर परिक्रमा गराउँदा दोबाटो चौबाटोमा धान खुवाउने, टौमढी र दरवार स्क्वायरको डबलीमा आगो तपाउने, सूजमारीको तला तुन्छी ९इनार० मा पानी खुवाउने प्रचलन रहेको छ । जात्राको क्रममा पुलुकिसीको सुढंले मानिसलाई छोएमा दशा लाग्छ भन्ने धार्मिक विश्वास अनुसार पुलुसिकी आउ“दा सुंढले छुन्छकी भनी मानिसहरु परपर भाग्ने गर्दछ । देवीपुराण ग्रन्थअनुसार पुलुकिसी जात्रा देवराज ईन्द्रका पुत्र जयन्तलाई खोज्न हिडेको सम्झनामा मनाएको हो ।

जात्रामा पुलुकिसीले कथंकदाचित मूपात्रलाई भेट्यो भन्ने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उनका सहयोगीहरुलाई कुनै कानुन नलाग्ने भएकाले यस दिन पुलुकिसी जात्रा नगरको आधाभन्दा बढी ठाउँमा परिक्रमा गरेपछि मात्र मूपात्र जात्रा शुरु गरिन्छ । यस दिन भक्तपुरको भैरव मन्दिरबाट मुपात्र जात्रा निकाल्छ । ईन्द्रजात्रा द्धापरयुगदेखि सञ्चालन भए पनि मल्लकालमा भक्तपुरका राजा जगतप्रकाश मल्लले देवीपुराण र पद्यपुराणहरुको संकलन गरी ती पुराणका कथाका आधारमा दृश्य अनुकरण गरी जात्रा प्रचलनमा ल्याएको इतिहास तथा संस्कृतिविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो ।

लोककथनअनुसार स्वर्गका राजा देवराज ईन्द्रकी आमा बसुन्धरालाई भाद्रशुक्ल चौथीका दिन ब्रत बस्न पारिजात फूलको खाँचो पर्‍यो । ईन्द्रले आफ्ना छोरा जयन्तलाई पारिजातको फुल खोज्न पठाए । जयन्त पारिजातको फुल खोज्दै दैत्यहरुको बगैंचामा प्रवेश गरे । दैत्यहरुले उनलाई देखेर पक्रेर दोबाटोमा लगेर खम्बामा बाँधेर राखे । यो कुरा ईन्द्रले थाहा पाई दलबलसहित आएर दैत्यहरुसँग लडाई गरे । लडाईमा ईन्द्रको जित भयो । दैत्यहरुले ईन्द्रका सेनालाई जयन्त भएको स्थानमा लिएर गए । त्यहाँ दैत्यहरुले जयन्तलाई बाँधेको डोरी काटेर माफी मागे । सो क्रममा दैत्यहरुलाई जनतामाझ शहर परिक्रममा गराइएको भन्ने विभिन्न ग्रन्थहरुमा उल्लेख भएका आधारमा जात्रा प्रारम्भ गरिएको किवंन्दती रहेको प्राडा श्रेष्ठले बताउनुभयो ।

भक्तपुरमा ईन्द्रजात्रा देशमा सुख, शान्ति, समृद्धि कायम होस्, कुनै पनि प्राकृतिक विपत्ति आइनलागोस्, देशमा अनिकाल, महामारी, अतिवृष्टि नहोस, काल र शत्रु नाश होस् भन्ने उद्देश्यले मनाउँदै आएको प्राडा श्रेष्ठले बताउनुभयो । साथै यस जात्राले मुला चोर पनि चोर घोडा चोर पनि चोर नै हो भन्ने मुख्य सन्देश दिएको उहाँको भनाइ रहेको छ । रासस