५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्न आवश्यक छः उपप्रमुख डंगोल



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बुधवार इन्द्रध्वजोत्थानसहित विधिवत इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा सहभागी हुनुभएकी उहाँले यस्तो बताउनुभएको हो । उपप्रमुख डंगोलले इन्द्रजात्रा विविधताले युक्त पवए भएको उल्लेख गर्दै इन्द्रजात्रा देशभरको नै पर्व भएको बताउनु भयो । उहाँले इन्द्रजात्राका लागि भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरुलाई बोलाइसकेको उल्लेख गर्दै बिहीवार अतिथिहरु आउने क्रम जारी रहने बताउनु भयो ।

डंगोलले कोरोना संक्रमण पुनः बढ्न थालेकोले महानगरले बोलाएका पाहुनाहरुमा कमी हुनसक्ने पनि बताउनु भयो । उहाँले बोलाइएका पाहुनाहरु र देशवासीहरुसँग मिलेर महानगर इन्द्रजात्रा सम्पन्न गर्न सक्षम रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो जात्राको महत्व विविधतायुक्त छ । आजबाट विधिवत इन्द्रजात्रा शुरु भएको छ । काठमाडौं महानगरपालिकाले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्नुपर्छ । यो काठमाडौंको मात्र जात्रा होइन, देशभरको नै जात्रा हो । हामीले भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरुलाई बोलाएका छौँ । भोलिबाट अतिथिहरु आउने क्रम रहनेछ । कोरोनाको केसहरु बढेका कारण हामीले अपेक्षा गरेको भन्दा कम अतिथि आउनुहुनेछ ।’

इन्द्रध्वजोत्थनमा सहभागी स्थानीयहरुले यस वर्ष पर्यटकलाई जात्रा हेर्न सहजीकरण हुने बताए । उनीहरुका अनुसार इन्द्रजात्रामा इन्द्रजात्राका महत्वहरु उजागर गर्ने योजना रहेको पनि बताए । इन्द्रजात्राको लिङ्गो मानन्धर समुदायले उठाउने गर्छ । १२ औँ देखि १८ औँ शताब्दीमा निर्मित मठ, मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो ।

भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट शुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाचगान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ । आफ्नी आमालाई वसुन्धराको व्रत निम्ति पूजा सजाउन स्वर्गलोकका राजा इन्द्र काठमाडौं आएर पारिजातको फूल टिप्न लाग्दा चोर भनि नियन्त्रणमा लिएर डोरीले पाता कसी बीच सडकमै जात्रा गरेको दिनमा इन्द्रजात्रा मनाइने कतिपय प्रचलन छ । त्यस बन्धनबाट मुक्त गराउन इन्द्रकी आमा स्वयं काठमाडौँ आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लगेको भन्ने भनाइ छ ।

पुराण अनुसार प्राचिन कालमा देवता र असुरहरू ठूलो युद्धको तयारीमा लागेको र त्रिदेवसहित सम्पूर्ण देवगणले देवराज इन्द्रलाई विजयी गराउन ध्वजा बनाएर त्यसलाई पूजा गरेर इन्द्रलाई हस्तान्तरण गरेको साथै इन्द्रले समातेकाले त्यस ध्वजालाई इन्द्रध्वजा भनिएको उल्लेख पाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठडयाइएपछि प्रारम्भ
हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ ।

तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेपलाञ्चोक जिल्लाको उग्रचण्डी नालास्थित जङ्गलमा छोडिएको बोकाले छोएको रूख काटी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ । हनुमानढोका दरबारक्षेत्रमा कालभैरवको विशाल मूर्ति अगाडि धार्मिक विधि अनुसार उक्त लिङ्गो ठड्याएपछि इन्द्रजात्राको चहल पहल शुरू हुन्छ ।