१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालद्वारा केन्या छ विकेटले पराजित, शृंखलामा नेपालको क्लीन स्वीप



केन्या विरूद्ध खेल्ने नेपाली क्रिकेट टोली-२०७९ । तस्वीरः क्यान
अ+ अ-

काठमाडौंः केन्या भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले घरेलु टोली केन्यालाई तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा छ विकेटले पराजित गरेको छ । यो जितसँगै नेपालले केन्यासँगको तीन एक दिवसीय क्रिकेटमा लगातार तीन जित निकालेर शृंखला क्लीन स्वीप गरेको छ ।

टस जितेर पहिले ब्याटिद्द गरेको केन्याले ९ विकेट गुमाएर २५५ रन बनाएको थियो । यस शृंखलाको यो सर्वाधिक ठूलो योगफल हो ।

केन्याका लागि कोलिन्स ओबुयाले सर्वाधिक ८४ रन बनाएका थिए । यस्तै लुकास डान्डासनले ५९, सुखदिप सिंहले ३७, इमानुएल बुन्डीले २३ रनको योगदान गरेका थिए ।

नेपाली बलरहरु सोमपाल कामी र आदिल अन्सारीले समान २,२ विकेट लिएका थिए भने बसिर अहमद र शाहब आलमले एकएक विकेट लिए ।

दुई सय ५६ रनको ठूलै लक्ष्य पछ्याएको नेपालले ४७.१ ओभरमा चार विकेट गुमाएर २५८ रन बनाएर खेल जितेको थियो । नेपालका लागि अर्जुन साउदले ५८, आसिफ सेखले ५६, ज्ञानेन्द्र मल्लले ३३, रोहित कुमार पौडेलले ४६, बसिर अहमदले ५२ रन बनाएका थिए ।

यसअघि नेपाल र केन्याबीच भएको टी२० क्रिकेट प्रतियोगितामा नेपालले ३(२ ले शृंखला कब्जा गरेको थियो ।