काठमाडौंः केन्या भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले घरेलु टोली केन्यालाई तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा छ विकेटले पराजित गरेको छ । यो जितसँगै नेपालले केन्यासँगको तीन एक दिवसीय क्रिकेटमा लगातार तीन जित निकालेर शृंखला क्लीन स्वीप गरेको छ ।
टस जितेर पहिले ब्याटिद्द गरेको केन्याले ९ विकेट गुमाएर २५५ रन बनाएको थियो । यस शृंखलाको यो सर्वाधिक ठूलो योगफल हो ।
केन्याका लागि कोलिन्स ओबुयाले सर्वाधिक ८४ रन बनाएका थिए । यस्तै लुकास डान्डासनले ५९, सुखदिप सिंहले ३७, इमानुएल बुन्डीले २३ रनको योगदान गरेका थिए ।
नेपाली बलरहरु सोमपाल कामी र आदिल अन्सारीले समान २,२ विकेट लिएका थिए भने बसिर अहमद र शाहब आलमले एकएक विकेट लिए ।
दुई सय ५६ रनको ठूलै लक्ष्य पछ्याएको नेपालले ४७.१ ओभरमा चार विकेट गुमाएर २५८ रन बनाएर खेल जितेको थियो । नेपालका लागि अर्जुन साउदले ५८, आसिफ सेखले ५६, ज्ञानेन्द्र मल्लले ३३, रोहित कुमार पौडेलले ४६, बसिर अहमदले ५२ रन बनाएका थिए ।
यसअघि नेपाल र केन्याबीच भएको टी२० क्रिकेट प्रतियोगितामा नेपालले ३(२ ले शृंखला कब्जा गरेको थियो ।