भक्तपुर । गाइजात्रा पर्व आज देशभर विभिन्न कार्यक्रम गरेर मनाइँएको छ । नेवारी समूदायले दिवंगत आफन्तको सम्झनामा मनाउने गाइजात्रा पर्व प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन लगातार गाईजात्रा विभिन्न कार्यक्रम गरेर मनाउने गरिन्छ ।
कोरोना भाइरसका कारण यस वर्षको गाईजात्रा स्वास्थ्य मापदण्ड पालना गर्दै सामाजिक दूरी कायम गरेर मनाउन काठमाडौं जल्ला प्रशासनले अनुरोध भएपनि भक्तपुर दरवार क्षेत्रमा भने सर्वसाधारणहरुको भिड प्रशस्तै रहेको देखिन्छ । काठमाडौं उपत्यकाका तीन जिल्ला ९काठमाडौं, ललितपुर र भक्तपुर० सहित नेवार समुदायको बाहुल्यता रहेका देशभरका विभिन्न स्थानमा गाईजात्रा मनाउने गर्दछन ।
गाईजात्राको अवसरमा भक्तपुर दरवार परिसरमा देखिएका सर्वसाधारणहरुको भिड हेर्नुहोस्…




(फोटोफिचर)








