हाल प्रदेश १, मधेस प्रदेश, वागमाती प्रदेश गण्डकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
साथै प्रदेश १, मधेस प्रदेश र वागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा समेत भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य
बदली रहनेछ ।
प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति प्रदेश १, मधेस प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, मधेस प्रदेश, वागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूको एक–दुई
स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।