• ९ असार २०८१, आईतवार
  •      Sun Jun 23 2024
  •   Unicode
Logo
Latest
★   थाई नरेशसमक्ष राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत ★   दमौली अस्पतालमा थपिए दुई थान डायलाइसिस मेसिन ★   ‘नेपाल आइडल–५’ को उपाधि करणले जिते ★   कमिन्सको लगातार ह्याट्रिक, अफगानिस्तानले दियो अष्ट्रेलियालाई १४९ रनको लक्ष्य ★   कर्णाली र सुदूरपश्चिमबाहेकका प्रदेशमा आज ठूलो पानी पर्ने ★   प्रतिनिधिसभाको बैठकबाट आजै बजेट पारित गर्ने तयारी ★   बेल्जियमले रोमानियालाई हरायो ★   टर्कीलाई हराउँदै पोर्चुगल युरो कपको अन्तिम १६ मा प्रवेश ★   टी–२० विश्वकपः बंगलादेशलाई हराउँदै भारत सेमिफाइनलको दौडमा बलियो ★   चीनले १७ जना नेपाली विद्यार्थीको नि:शुल्क मुटु उपचार गर्ने

आयल निगमले डिजेलको मूल्य बढायो, अब प्रति लिटर १७८ रुपैयाँ



काठमाडौंः नेपाल आयल निगमले भारतबाट इन्धनको मूल्यवृद्धि भएको जनाउँदै डिजेलमा प्रति लिटर ६ रुपैयाँ वृद्धि गरेको छ ।

आज बिहीबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेलको मूल्यवृद्धि गरेको हो । यो वृद्धिसँगै डिजेलको मूल्य प्रति लिटर रु. १७८ कायम भएको छ । यसअघि डिजेलको मूल्य प्रति लिटर रु. १७२ थियो ।

निगमले मट्टितेलको मूल्यमा पनि डिजेल सरह रु. ६ ले वृद्धि गरेको छ । अब मट्टितेलको मूल्य प्रति लिटर रु. १७२ नै पुगेको छ ।

निगमले पेट्रोल र हवाई इन्धन तथा ग्यास (प्रति सिलिन्डर) को मूल्य भने यथावत राखेको छ ।

मूल्य समायोजन गरिए पनि निगमलाई १५ दिनमा करिब रु. ३० करोड ५२ लाख घाटा हुने निगमको भनाई छ ।

पेट्रोलियम खरिदको भुक्तानी गर्न निगमलाई नेपाल सरकारले हालै १० अर्ब रुपैयाँ ऋण उपलब्ध गराएको थियो । अझै पनि इन्डियन आयल कर्पोरेसनलाई अगस्ट २०२२ सम्ममा करिब रु. २१ अर्ब बाँकी बक्यौता रहेको छ ।

इन्डियन आयलले १ सेप्टेम्बरमा पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलमा प्रति लिटर एक रुपैयाँ ३९ पैसा, डिजेलमा ६ रुपैयाँ १२ पैसा, हवाई इन्धनमा ८ रुपैयाँ एक पैसा बढेर आएको छ ।