• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   नगरसभाको बैठक स्थगित भएपछि बालेनको आक्रोश– नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुहोला ★   बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्ड स्तरोन्नति गरिँदै ★   कृषि विकास सहकारीका सञ्चालक तेज विक्रम थापासहित ४ जना पक्राउ ★   चितवनमा पेस्तोल देखाएर सुनचाँदी र नगद लुटपाट ★   अस्ट्रेलियासँग स्कटल्यान्ड ५ विकेटले पराजित, इंग्ल्यान्ड सुपर आठमा ★   तनहुँको ढाँडखोला निबुस्वाँरामा झोलुङ्गे पुल निर्माण हुँदै ★   नेपालमा भएका अवसरमा मिलेर लगानी गर्न गैरआवासीय नेपालीलाई अध्यक्ष ढकालको आह्वान ★   प्रधानमन्त्री दाहालले सम्झिए शहीद रीतबहादुर खड्काको योगदान ★   बेनी–पाखापानी सडक स्तरोन्नति सुरु ★   काठमाडौंमा आजदेखि दैनिक ४ घण्टा विजुली जाने

आयल निगमले डिजेलको मूल्य बढायो, अब प्रति लिटर १७८ रुपैयाँ



काठमाडौंः नेपाल आयल निगमले भारतबाट इन्धनको मूल्यवृद्धि भएको जनाउँदै डिजेलमा प्रति लिटर ६ रुपैयाँ वृद्धि गरेको छ ।

आज बिहीबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेलको मूल्यवृद्धि गरेको हो । यो वृद्धिसँगै डिजेलको मूल्य प्रति लिटर रु. १७८ कायम भएको छ । यसअघि डिजेलको मूल्य प्रति लिटर रु. १७२ थियो ।

निगमले मट्टितेलको मूल्यमा पनि डिजेल सरह रु. ६ ले वृद्धि गरेको छ । अब मट्टितेलको मूल्य प्रति लिटर रु. १७२ नै पुगेको छ ।

निगमले पेट्रोल र हवाई इन्धन तथा ग्यास (प्रति सिलिन्डर) को मूल्य भने यथावत राखेको छ ।

मूल्य समायोजन गरिए पनि निगमलाई १५ दिनमा करिब रु. ३० करोड ५२ लाख घाटा हुने निगमको भनाई छ ।

पेट्रोलियम खरिदको भुक्तानी गर्न निगमलाई नेपाल सरकारले हालै १० अर्ब रुपैयाँ ऋण उपलब्ध गराएको थियो । अझै पनि इन्डियन आयल कर्पोरेसनलाई अगस्ट २०२२ सम्ममा करिब रु. २१ अर्ब बाँकी बक्यौता रहेको छ ।

इन्डियन आयलले १ सेप्टेम्बरमा पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलमा प्रति लिटर एक रुपैयाँ ३९ पैसा, डिजेलमा ६ रुपैयाँ १२ पैसा, हवाई इन्धनमा ८ रुपैयाँ एक पैसा बढेर आएको छ ।