१४ श्रावण २०८३, बिहीबार
,
Latest
स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउनु हुँदैनः अध्यक्ष दाहाल सरकार र डा. केसीबीचको सहमतिको विरोधमा निजी मेडिकल कलेजद्वारा रेसिडेन्ट चिकित्सकको स्टाइपेन्ड स्थगन मन्त्री यादवद्वारा शासकीय सुधारका १०० बुँदा कार्यान्वयनमा तीव्रता दिन निर्देशन सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु पूर्वराजा शाहद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, नेपालीलाई मिलेर बस्न आग्रह सामुदायिक तनाव र हिंसाप्रति पूर्वराष्ट्रपति भण्डारीको चिन्ता, संयमता अपनाउन आग्रह प्रतिनिधि सभा बैठक साउन १९ गतेसम्म स्थगित सुनसरीको घटनाको प्रभाव सिरहामा, दुई समूहबीच झडपपछि ११ भन्दा बढी मोटरसाइकलमा आगजनी स्वास्थ्यकर्मीको सुरक्षा र ऐन कार्यान्वयन गर्न सांसद तोषिमा कार्कीको माग धनुषाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजस्व बुझाउन काठमाडौँ फन पार्कलाई २४ घण्टे अल्टिमेटम



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको राजस्व विभागले आज प्रदर्शनी मार्गस्थित फनपार्कलाई २४ घण्टे पत्र लेखेको छ । अहिलेसम्म बुझाउनु पर्ने कुनै पनि प्रकारको कर राजस्व नबुझाएको, राजस्व बुझाउन गरिएको ताकेतालाई वेवास्ता गरिएकोले २४ घण्टे सूचना जारी गर्नु परेको हो ।

राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारी भन्नुहुन्छ, ‘आज हामीले पत्र बुझाउन पठाएका थियौँ । उहाँहरुले बुझ्न मान्नुभएन । भोलि पत्र टाँस गछौँ । त्यसको २४ घण्टासम्म पनि राजस्व बुझाउन आउनुभएन भने फनपार्क शिलबन्दी गछौँ ।’ उहाँले वक्यौता प्राप्त गर्ने विषय उल्लेख गर्दै भन्नुभयो, ‘महानगरले प्राप्त गर्नुपर्ने रकम सरकारी बाँकीसरह असुलउपर गरिनेछ ।’

डा. अधिकारीकाअनुसार पार्कले व्यवसाय कर, बहाल कर, विज्ञापन कर र मनोरञ्जन कर तिर्नुपर्छ । यीमध्ये कुनै पनि शीर्षकमा विवरण बुझाइएको छैन । बहालको सम्झौता प्राप्त गरेपछि बहाल कर निर्धारण हुन्छ । मनोरञ्जन करतर्फ पार्कमा कति व्यक्तिको प्रवेश भयो । त्यसको विवरणका आधारमा हुन्छ ।

पार्कले व्यवसाय कर र बहाल कर वडा कार्यालयमा गएर बुझाउनुपर्छ भने विज्ञापन कर र मनोरञ्जन कर राजस्व विभाग ववरमहलमा गएर बुझाउनुपर्छ ।

पार्कले बहाल रकममा सम्झौताको वार्षिक १० प्रतिशत, मनोरञ्जन करतर्फ ५ प्रतिशत, व्यवसायतर्फ २० हजार रुपैयाँ र त्यसको जरिवाना बुझाउनुपर्छ ।

विज्ञापन करतर्फ बाह्य विज्ञापनतर्फ प्रति स्क्वायर फिट १ हजार रुपैयाँ बुझाउनुपर्छ ।