११ श्रावण २०८३, सोमबार
,
Latest
स्पेनमा डढेलोको भीषण संकटः दशौँ हजार नागरिक विस्थापित दक्षिण चीन सागरमा भियतनामी जहाज दुर्घटनाः ४६ चालक दलका सदस्यको सफल उद्धार इराक र लेबनानका प्रधानमन्त्रीबीच भेटवार्ताः क्षेत्रीय स्थिरता र द्विपक्षीय सहयोगमा जोड हेटौँडाका शिवालयमा साउनको दोस्रो सोमबार भक्तजनको घुइँचो झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको निधन कोदारी राजमार्गमा दुई मन्त्रीको जम्बो निरीक्षण, राजमार्ग खुल्न भने अनिश्चित साउनको सोमवार देवघाटमा श्रद्धालुको उपस्थिति न्युन एनभिएल अक्सनमा १४ खेलाडी सर्वाधिक मूल्यमा, सबैभन्दा बढी रुचाइए चिरञ्जीवी र सनोज अमेरिकामा २१३ औॅं भानुभक्त तथा १०३ औॅं धर्मराज थापा जयन्ती सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमेडियन अपूर्व क्षितिजलाई १० दिन थुनामा राख्न अनुमति



अ+ अ-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कमेडियन अपूर्व क्षितिज सिंहलाई १० दिन थुनामा राख्न अनुमति दिएको छ।

नेवा समुदायको आस्थामाथि चोट पुर्‍याउने गरी व्यंग्य गरेको भन्दै कमेडियन सिंहविरूद्ध अभियन्ताहरूले परिसर काठमाडौंमा उजुरी गरेका थिए ।उक्त उजुरीपछि जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार सिंहलाई नियन्त्रणमा लिएको थियो ।

युट्युब च्‍यानल कमेडी क्याफेमा ‘नेवारको परम्परा’ शीर्षकमा उनले भिडिओ सार्वजनिक गरेका थिए । उक्त भिडियोबाट नेवा समुदायको भाषा, संस्कृति, खाना, लगायत विषयमा व्यंग्य गरेको भन्दै अभियन्ताहरूले आपत्ति जनाएका हुन् ।

मुलुकी अपराध संहिता २०७४ को दफा १६५ मा उल्लेख भएको सामाजिक रितिस्थितिमा खलल पार्न नहुने कसुरमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । उक्त कसुरमा १ वर्षसम्म कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ ।

कमेडी क्याफे नामक युट्युब च्यानलमार्फत उनले गरेको कमेडी सार्वजनिक भएको थियो । उक्त कमेडी विवादमा परेपछि उनले माफी माग्दै हटाइसकेका छन् ।