२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

वागमती प्रदेशले स्वर्णपदक विजेतालाई मासिक ६ हजार दिने



अ+ अ-

हेटौँडा । वागमती प्रदेश सकरारले प्रदेश सरकारको प्राथमिकतामा परेका खेलहरुमा नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत स्वर्णपदक विजेता खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले मासिक ६ हजार रुपैयाँ भत्ता दिने भएको छ ।
.
शुक्रवार काठमाडौंमा नवौं राष्ट्रिय खेलकुद–२०७९, वागमती प्रदेशको तयारी तथा सहभागिताबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रदेश खेलकुद परिषद् वागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले यस वर्षबाट वागमती प्रदेश सरकारले प्रदेश सरकारको प्राथमिकतामा परेका खेलहरुमा नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत स्वर्णपदक विजेता खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले मासिक ६ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको बताउनु भयो । उहाँले सो कुराको सुनिश्चितता प्रदेश खेलकुद नियमावली २०७६ को दफा १३ मा उल्लेख गरेर नै खेलाडीलाई मासिक भत्ता दिने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

सदस्यसचिव भण्डारीले नवौं राष्ट्रिय खेलकुदमा सहभागी बन्ने प्रदेशका खेलाडीहरुलाई ४५ दिने बन्द प्रशिक्षणमा राख्ने निर्णय भएको पनि बताउनु भयो । उहाँले वागमती प्रदेशले भदौ २० गतेभित्र प्रदेश छनोट सक्ने गरेर छनोट तालिका र तयारी गरेको, साथै राष्ट्रिय खेलकुद परिषद्को निर्णय अनुसार भदौ २५ गतेसम्म खेलाडी विवरण पठाइसक्ने तयारी गरेको पनि बताउनु भयो । उहाँले वागमती प्रदेश अन्तर्गतका खेलाडीहरुको प्रदेश छनोट तथा नवौं राष्ट्रिय खेलकुद २०७९ मा सहभागिताका लागि अनुमानित लागत ९ करोड ४४ लाख ८ सय रुपैयाँ खर्च हुने अनुमान गरेको र सोको लागि वागमती प्रदेश सरकारले प्रदेश छनोटका लागि ५ करोड रुपैयाँ विनियोजन गरिसकेको जानकारी दिनुभयो ।

उहाँले राष्ट्रिय खेलकुद परिषद्बाट ४९ लाख निकासा रकम गइसकेको पनि बताउनु भयो । उहाँले बाँकी रकम प्रदेश सरकारसँग आर्थिक मामिला तथा योजना मन्त्रालयसँग माग गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नवौं राष्ट्रिय खेलकुदको तयारी साथै वागमती प्रदेश लगायत अन्य प्रदेश, विभागीय टिम र एनआरएन यो बीचमा हाम्रो प्रतिष्पर्धा हुने भएको हुँदा हामीले जानकारी गराउँदैछौँ । नवौं राष्ट्रिय खेलकुदमा सहभागी बन्ने प्रदेशका खेलाडीहरुलाई ४५ दिने बन्द प्रशिक्षणमा राख्ने निर्णय प्रदेश खेलकुद परिषद्को बोर्ड बैठकले निर्णय गरेको छ । त्यसको तयारी गर्दैछौँ । वागमती प्रदेशले भदौ २० गतेभित्र प्रदेश छनोट सक्ने गरेर छनोट तालिका र तयारी गरेको छ । साथै राष्ट्रिय खेलकुद परिषद्को निर्णय अनुसार भदौ २५ गतेसम्म खेलाडी विवरण पठाइसक्ने तयारी गरेको छ ।

वागमती प्रदेश अन्तर्गतका खेलाडीहरुको प्रदेश छनोट तथा नवौं राष्ट्रिय खेलकुद २०७९ मा सहभागिताका लागि अनुमानित लागत ९ करोड ४४ लाख ८ सय रुपैयाँ खर्च हुने अनुमान गरेका छौँ । सोको लागि वागमती प्रदेश सरकारले प्रदेश छनोटका लागि ५ करोड रुपैयाँ विनियोजन गरिसकेको छ । राष्ट्रिय खेलकुद परिषद्बाट ४९ लाख निकासा रकम गइसकेको छ । बाँकी रकम प्रदेश सरकारसँग आर्थिक मामिला तथा योजना मन्त्रालयसँग माग गरिएको छ । त्यसको पनि व्यवस्थापन हुने तयारी छ । नवौं राष्ट्रिय खेलकुद २०७९ मा वागमती प्रदेशको तर्फबाट फुल कोटामा ७०९ जना खेलाडीहरु सहभागी हुँदैछन् ।

यस वर्षबाट वागमती प्रदेश सरकारले प्रदेश सरकारको प्राथमिकतामा परेका खेलहरुमा नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत स्वर्णपदक विजेता खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले मासिक ६ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको छ । सो कुराको सुनिश्चितता प्रदेश खेलकुद नियमावली २०७६ को दफा १३ मा उल्लेख गरेर नै खेलाडीलाई मासिक भत्ता दिने व्यवस्था गरिएको छ ।’

सदस्यसचिव भण्डारीले नवौं राष्ट्रिय खेलकुद २०७९ मा वागमती प्रदेशको तर्फबाट फुल कोटामा ७०९ जना खेलाडीहरु सहभागी हुने बताउनु भयो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा असोज २८ गतेबाट कात्तिक ३ गतेसम्म हुँदैछ । प्रतियोगितामा तीन विभागीय, सात प्रदेश र एनआरएन गरी ११ टिमले प्रतिष्पर्धा गर्नेछन् ।