२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वागमती प्रदेशले स्वर्णपदक विजेतालाई मासिक ६ हजार दिने



अ+ अ-

हेटौँडा । वागमती प्रदेश सकरारले प्रदेश सरकारको प्राथमिकतामा परेका खेलहरुमा नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत स्वर्णपदक विजेता खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले मासिक ६ हजार रुपैयाँ भत्ता दिने भएको छ ।
.
शुक्रवार काठमाडौंमा नवौं राष्ट्रिय खेलकुद–२०७९, वागमती प्रदेशको तयारी तथा सहभागिताबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रदेश खेलकुद परिषद् वागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले यस वर्षबाट वागमती प्रदेश सरकारले प्रदेश सरकारको प्राथमिकतामा परेका खेलहरुमा नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत स्वर्णपदक विजेता खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले मासिक ६ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको बताउनु भयो । उहाँले सो कुराको सुनिश्चितता प्रदेश खेलकुद नियमावली २०७६ को दफा १३ मा उल्लेख गरेर नै खेलाडीलाई मासिक भत्ता दिने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

सदस्यसचिव भण्डारीले नवौं राष्ट्रिय खेलकुदमा सहभागी बन्ने प्रदेशका खेलाडीहरुलाई ४५ दिने बन्द प्रशिक्षणमा राख्ने निर्णय भएको पनि बताउनु भयो । उहाँले वागमती प्रदेशले भदौ २० गतेभित्र प्रदेश छनोट सक्ने गरेर छनोट तालिका र तयारी गरेको, साथै राष्ट्रिय खेलकुद परिषद्को निर्णय अनुसार भदौ २५ गतेसम्म खेलाडी विवरण पठाइसक्ने तयारी गरेको पनि बताउनु भयो । उहाँले वागमती प्रदेश अन्तर्गतका खेलाडीहरुको प्रदेश छनोट तथा नवौं राष्ट्रिय खेलकुद २०७९ मा सहभागिताका लागि अनुमानित लागत ९ करोड ४४ लाख ८ सय रुपैयाँ खर्च हुने अनुमान गरेको र सोको लागि वागमती प्रदेश सरकारले प्रदेश छनोटका लागि ५ करोड रुपैयाँ विनियोजन गरिसकेको जानकारी दिनुभयो ।

उहाँले राष्ट्रिय खेलकुद परिषद्बाट ४९ लाख निकासा रकम गइसकेको पनि बताउनु भयो । उहाँले बाँकी रकम प्रदेश सरकारसँग आर्थिक मामिला तथा योजना मन्त्रालयसँग माग गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नवौं राष्ट्रिय खेलकुदको तयारी साथै वागमती प्रदेश लगायत अन्य प्रदेश, विभागीय टिम र एनआरएन यो बीचमा हाम्रो प्रतिष्पर्धा हुने भएको हुँदा हामीले जानकारी गराउँदैछौँ । नवौं राष्ट्रिय खेलकुदमा सहभागी बन्ने प्रदेशका खेलाडीहरुलाई ४५ दिने बन्द प्रशिक्षणमा राख्ने निर्णय प्रदेश खेलकुद परिषद्को बोर्ड बैठकले निर्णय गरेको छ । त्यसको तयारी गर्दैछौँ । वागमती प्रदेशले भदौ २० गतेभित्र प्रदेश छनोट सक्ने गरेर छनोट तालिका र तयारी गरेको छ । साथै राष्ट्रिय खेलकुद परिषद्को निर्णय अनुसार भदौ २५ गतेसम्म खेलाडी विवरण पठाइसक्ने तयारी गरेको छ ।

वागमती प्रदेश अन्तर्गतका खेलाडीहरुको प्रदेश छनोट तथा नवौं राष्ट्रिय खेलकुद २०७९ मा सहभागिताका लागि अनुमानित लागत ९ करोड ४४ लाख ८ सय रुपैयाँ खर्च हुने अनुमान गरेका छौँ । सोको लागि वागमती प्रदेश सरकारले प्रदेश छनोटका लागि ५ करोड रुपैयाँ विनियोजन गरिसकेको छ । राष्ट्रिय खेलकुद परिषद्बाट ४९ लाख निकासा रकम गइसकेको छ । बाँकी रकम प्रदेश सरकारसँग आर्थिक मामिला तथा योजना मन्त्रालयसँग माग गरिएको छ । त्यसको पनि व्यवस्थापन हुने तयारी छ । नवौं राष्ट्रिय खेलकुद २०७९ मा वागमती प्रदेशको तर्फबाट फुल कोटामा ७०९ जना खेलाडीहरु सहभागी हुँदैछन् ।

यस वर्षबाट वागमती प्रदेश सरकारले प्रदेश सरकारको प्राथमिकतामा परेका खेलहरुमा नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत स्वर्णपदक विजेता खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले मासिक ६ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको छ । सो कुराको सुनिश्चितता प्रदेश खेलकुद नियमावली २०७६ को दफा १३ मा उल्लेख गरेर नै खेलाडीलाई मासिक भत्ता दिने व्यवस्था गरिएको छ ।’

सदस्यसचिव भण्डारीले नवौं राष्ट्रिय खेलकुद २०७९ मा वागमती प्रदेशको तर्फबाट फुल कोटामा ७०९ जना खेलाडीहरु सहभागी हुने बताउनु भयो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा असोज २८ गतेबाट कात्तिक ३ गतेसम्म हुँदैछ । प्रतियोगितामा तीन विभागीय, सात प्रदेश र एनआरएन गरी ११ टिमले प्रतिष्पर्धा गर्नेछन् ।