• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

डम्बर खतिवडाले छाडे बाबुरामको साथ



काठमाडौँ । नेपाल समाजवादीका पार्टी (नेसपा) का नेता डम्बर खतिवडाले डा. बाबुराम भट्टराईको साथ छाडेका छन् । डा. भट्टराईको आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग सहकार्य गर्ने निर्णयपछि खतिवडाले उनको साथ छाडेका हुन् ।

मंगलवार बिहान ट्वीटरमार्फत नेता खतिवडाले नेसपा परित्याग गरेको घोषणा गरेका हुन् । उनले नेसपा–माओवादीको एउटै चिह्न हँसिया हथौडाबाट चुनाव लड्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको बताएका छन् ।

उनले सन्देशमा लेखेका छन्, ‘करिब ८ बर्षको सहकार्यका लागि डा। बाबुराम भट्टराई र साथै करिब ३ बर्षको सहकार्यका लागि उपेन्द्र यादव र उहाँहरुको टिमप्रति आभारी छु । आजबाट जसपा–नेसपा लफडाबाट पुर्णतः मुक्त छु । नेसपा–माओवादी एउटै चिन्ह हसिँया–हथौडाबाट चुनाव लड्ने निर्णयपछि अब म नेसपाको साधारण सदस्य पनि रहिन । धन्यवाद ।’

यसैबीच, मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि माओवादी केन्द्र र नेसपा संयुक्त दल दर्ता गर्न आजै निर्वाचन आयोगको कार्यालय जाँदै छन् ।