२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डम्बर खतिवडाले छाडे बाबुरामको साथ



अ+ अ-

काठमाडौँ । नेपाल समाजवादीका पार्टी (नेसपा) का नेता डम्बर खतिवडाले डा. बाबुराम भट्टराईको साथ छाडेका छन् । डा. भट्टराईको आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग सहकार्य गर्ने निर्णयपछि खतिवडाले उनको साथ छाडेका हुन् ।

मंगलवार बिहान ट्वीटरमार्फत नेता खतिवडाले नेसपा परित्याग गरेको घोषणा गरेका हुन् । उनले नेसपा–माओवादीको एउटै चिह्न हँसिया हथौडाबाट चुनाव लड्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको बताएका छन् ।

उनले सन्देशमा लेखेका छन्, ‘करिब ८ बर्षको सहकार्यका लागि डा। बाबुराम भट्टराई र साथै करिब ३ बर्षको सहकार्यका लागि उपेन्द्र यादव र उहाँहरुको टिमप्रति आभारी छु । आजबाट जसपा–नेसपा लफडाबाट पुर्णतः मुक्त छु । नेसपा–माओवादी एउटै चिन्ह हसिँया–हथौडाबाट चुनाव लड्ने निर्णयपछि अब म नेसपाको साधारण सदस्य पनि रहिन । धन्यवाद ।’

यसैबीच, मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि माओवादी केन्द्र र नेसपा संयुक्त दल दर्ता गर्न आजै निर्वाचन आयोगको कार्यालय जाँदै छन् ।