• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ:  रेखा शर्मा (अन्तर्वार्ता) ★   वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले गुमायो तेस्रो विकेट, कुशल मल्ल ४ रन जोडेर आउट ★   नेपाललाई दोस्रो झट्का, कुशल भुर्तेल १ रनमै आउट ★   नाबालिका हत्या आरोपमा छिमेकी आमाछोरी पक्राउ ★   खमटिहानीका खरानीका घर फेरि बौरिने प्रतीक्षामा पीडित ★   नेपालले गुमायो पहिलो विकेट, आसिफ शून्य रनमै आउट ★   बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने ★   आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी: अध्यक्ष ढकाल ★   वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २१० रनको लक्ष्य ★   टाढाका विद्यार्थीलाई आवासीय सुविधा

भारतीय राजदूतावासले मनायो ७६ औँ स्वतन्त्रता दिवस



काठमाडौँ । नेपालस्थित भारतीय राजदूतावासले आज काठमाडौँमा भारतको ७६ औँ स्वतन्त्रता दिवस मनाएको छ । भारत स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक उपलब्धिलाई सम्झना गर्न भारत सरकारले सन् २०२१ मा अघि सारेको आजादीका अमृत महोत्सवकै एक हिस्साका रुपमा रहेको भारतीय दूतावासले जनाएको छ ।

कार्यक्रममा दूतावासका काउन्सिलर प्रसन्न श्रीवास्तवले झण्डोत्तलन गर्दै भारतका राष्ट्रपति द्रौपदी मुर्मूले स्वतन्त्रता दिवसको अवसमा देशको नाममा गर्नुभएको सम्बोधन पढेर सुनाउनु भएको थियो ।

कार्यक्रममा दूतावासले भारतीय सशस्त्र बलका दिवंगत सैनिकका श्रीमती र नातेदारहरुलाई रु दुई करोड ६५ लाख प्रदान गरेको थियो । साथै आजादीका अमृत महोत्सव हाजिरीजवाफ प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरेको थियो । कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौँका शिक्षक तथा विद्यार्थीहरुले देशभक्ति गीतलगायतका प्रस्तुती गरेको दूतावासले जनाएको छ ।