१० श्रावण २०८३, आईतवार
,
Latest
एमबीएसको प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा दुई जना पक्राउ भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणबारे फरक–फरक रिपोर्ट गत आर्थिक वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट चाइनाबजार ई–कमर्स प्लेटफर्म साउन १३ गतेदेखि सञ्चालनमा आउने वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल त्रिवि एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएपछि छानबिन समिति गठन एआईको भाषिक असन्तुलनले विकासशील देशहरूलाई कसरी पछाडि पार्दैछ? कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय राजदूतावासले मनायो ७६ औँ स्वतन्त्रता दिवस



अ+ अ-

काठमाडौँ । नेपालस्थित भारतीय राजदूतावासले आज काठमाडौँमा भारतको ७६ औँ स्वतन्त्रता दिवस मनाएको छ । भारत स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक उपलब्धिलाई सम्झना गर्न भारत सरकारले सन् २०२१ मा अघि सारेको आजादीका अमृत महोत्सवकै एक हिस्साका रुपमा रहेको भारतीय दूतावासले जनाएको छ ।

कार्यक्रममा दूतावासका काउन्सिलर प्रसन्न श्रीवास्तवले झण्डोत्तलन गर्दै भारतका राष्ट्रपति द्रौपदी मुर्मूले स्वतन्त्रता दिवसको अवसमा देशको नाममा गर्नुभएको सम्बोधन पढेर सुनाउनु भएको थियो ।

कार्यक्रममा दूतावासले भारतीय सशस्त्र बलका दिवंगत सैनिकका श्रीमती र नातेदारहरुलाई रु दुई करोड ६५ लाख प्रदान गरेको थियो । साथै आजादीका अमृत महोत्सव हाजिरीजवाफ प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरेको थियो । कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौँका शिक्षक तथा विद्यार्थीहरुले देशभक्ति गीतलगायतका प्रस्तुती गरेको दूतावासले जनाएको छ ।