१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

चाइनाबजार ई–कमर्स प्लेटफर्म साउन १३ गतेदेखि सञ्चालनमा आउने

चाइनाबजार ई–कमर्स प्लेटफर्म साउन १३ गतेदेखि सञ्चालनमा आउने
अ अ+ अ-

काठमाडौं । नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म ‘चाइनाबजार’ आगामी साउन १३ गते बुधबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ।

नेपाली उपभोक्ताले कारखानादेखि घरसम्म वस्तु पुग्ने क्रममा थपिने अनावश्यक तह र मूल्य शृंखलाको लागतबिना गुणस्तरीय वस्तु उचित तथा पारदर्शी मूल्यमा खरिद गर्न सकून् भन्ने उद्देश्यले चाइनाबजार स्थापना गरिएको कम्पनीले जनाएको छ।

चाइनाबजारकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्तुति श्रेष्ठका अनुसार नेपालमा आयातित वस्तुहरू लामो समयदेखि आयातकर्ता, थोक विक्रेता र वितरकजस्ता बहु–तहका आपूर्ति शृंखलामार्फत उपभोक्तासम्म पुग्दै आएका छन्। यसले वस्तुको मूल्य बढ्नुका साथै आपूर्तिमा समेत अनिश्चितता सिर्जना गर्ने गरेको उनको भनाइ छ।

चाइनाबजारले तेस्रो पक्षका विक्रेता वा आयात एजेन्टमा निर्भर नभई चीनका उत्पादकबाट आफैं वस्तु छनोट तथा प्रत्यक्ष खरिद गर्ने जनाएको छ। कम्पनीले आफ्नै ढुवानी सञ्जालमार्फत वस्तु नेपाल भित्र्याउने, आफ्नै गोदाममा भण्डारण गर्ने र आफ्नै वितरण प्रणालीमार्फत ग्राहकसम्म पुर्‍याउने योजना बनाएको छ।

स्रोत व्यवस्थापनदेखि आयात, भण्डारण र वितरणसम्मको सम्पूर्ण प्रक्रिया एउटै व्यवस्थापनअन्तर्गत सञ्चालन हुने भएकाले डेलिभरी समय छोट्याउन, लागत नियन्त्रण गर्न तथा वस्तुको मूल्यलाई पारदर्शी र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने कम्पनीको दाबी छ।

‘एन्जोय योर सपिङ’ नारासहित सञ्चालनमा आउन लागेको चाइनाबजारले प्रारम्भिक चरणमा विद्युतीय सामग्री, फेसन, जीवनशैलीसम्बन्धी सामग्री तथा स्वास्थ्य र सौन्दर्य सामग्री उपलब्ध गराउनेछ। आगामी दिनमा उत्पादनको दायरा थप विस्तार गरिने कम्पनीले जनाएको छ।

ग्राहकले ईसेवा र खल्तीमार्फत डिजिटल भुक्तानी गर्न सक्नेछन्। आफ्नै गोदाम तथा वितरण प्रणालीमार्फत आवश्यक मौज्दात कायम राख्दै छिटो र भरपर्दो सेवा प्रदान गर्ने कम्पनीको भनाइ छ।

सीईओ श्रेष्ठले नेपालको डिजिटल अर्थतन्त्र विस्तार हुँदै गएको र चीनसँगको व्यापारिक सम्बन्धसमेत थप सुदृढ बन्दै गएको अवस्थामा चाइनाबजारले यी दुवै प्रवृत्तिसँगै अघि बढ्ने लक्ष्य लिएको बताइन्। आगामी दिनमा उत्पादनको विविधता बढाउँदै देशभर वितरण सञ्जाल विस्तार गर्ने योजना रहेको उनले जानकारी दिइन्।

कम्पनीका अनुसार चाइनाबजार डटकम साउन १३ गतेदेखि www.chynabazar.com मार्फत औपचारिक रूपमा सञ्चालनमा आउनेछ।