१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
अ अ+ अ-

काठमाडाैँ । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक फोर्सेस’ (एडीएफ)ले पछिल्लो ७२ घण्टामा गराएका दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा ३२ जना सर्वसाधारणको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् । संयुक्त राष्ट्रसङ्घको सहयोगमा डीआरसीमा सञ्चालित ‘रेडियो ओकापी’का अनुसार आक्रमण माम्बासा क्षेत्रका गाउँमा भएका हुन् ।

थप पीडितको खोजी तथा पहिचानकार्य जारी रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने स्थानीय नागरिक समाजका प्रतिनिधिले बताएका छन् । आक्रमणपछि प्रभावित गाउँ तथा आसपासका क्षेत्रमा विस्थापनको नयाँ लहर देखिएको छ । थप हिंसाको त्रासमा स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ पलायन भएका छन् । शनिबार अबेरसम्म स्थानीय अधिकारी तथा डीआरसीको सशस्त्र बलले पछिल्ला आक्रमणबारे आधिकारिक प्रतिक्रिया दिएका थिएनन् ।

स्थानीय नागरिक समाज संस्थाका अनुसार एडीएफले यस वर्ष मार्चयता माम्बासा क्षेत्रका करिब २० गाउँमा १०० भन्दाबढी मानिसको हत्या गरिसकेको छ । मध्यअफ्रिकामा इस्लामिक स्टेटसँग आबद्ध एडीएफ युगान्डाको विद्रोही समूह हो, जुन लामो समयदेखि पूर्वी डीआरसीमा सक्रिय रहँदै आएको छ । समूहको गतिविधि नियन्त्रण गर्न तथा त्यसलाई निस्तेज पार्न डीआरसी र युगान्डाका सेनाले सन् २०२१को नोभेम्बरदेखि संयुक्त सैन्य कारबाही सञ्चालन गर्दै आएका छन् । रासस