१९ चैत्र २०८१, मंगलवार
April 1, 2025 Tuesday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 13.37

Wind: 1.54

Humidity: 62

Latest
उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न मन्त्रिपरिषद्का निर्णयः प्रदर्शनका क्रममा घाइते भएकाको निःशुल्क उपचार ‘जडीबुटी कम्पनी चाँडै बौरिने छ’ रूसी आक्रमणपछि युक्रेनमा ४५ हजार मानिस विद्युतविहिन प्रधानमन्त्री ओली थाइल्यान्डमा कीर्तिपुरस्थित क्रिकेट मैदानको निरीक्षण अब सहरी विकास मन्त्रालयबाट एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई ‘कार्यान्वयनयोग्य बजेट ल्याउनेतर्फ सरकारको ध्यान केन्द्रित छ’ कुलमान र हितेन्द्र दुवैको रिट हेर्दाहेर्दैमा नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा चापागाईं नियुक्त, यस्ता छन् मन्त्रीपरिषदका अन्य निर्णयहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

टाढाका विद्यार्थीलाई आवासीय सुविधा



अ+ अ-

ढोरपाटन । बागलुङ नगरपालिकाले नयाँ शैक्षिकसत्र सुरु भएसँगै विद्यार्थी कम भएका विद्यालयको तह मिलान गरेको छ । नगरपालिकाले यस वर्ष ३५ विद्यालयको तह मिलान तथा स्थगन गरेको हो । पछिल्लो समय गाउँका विद्यालयमा विद्यार्थीको सङ्ख्या निकै कम छ । यस शैक्षिकसत्रमा ३३ विद्यालयको तह मिलान र दुई विद्यालय स्थगन गरेको हो । तह मिलान तथा स्थगनपछि समस्यामा परेका विद्यार्थीलाई लक्षित गरी यसै वर्षदेखि तीन विद्यालयलाई आवासीय बनाइने भएको छ ।

देशैभरमा सबैभन्दा बढी विद्यालय हुने नगरपालिकाकारूरुपमा रहेको बागलुङ नगरपालिकाले अघिल्लो वर्ष वडा नं १२ स्थित कालीगण्डकी प्राथमिक विद्यालय र वडा नं १३ स्थित लक्ष्मीनारायण पाठशाला स्थगन भएका थिए । यस वर्ष वडा नं ९ स्थित रानीभूमे प्राथमिक विद्यालय र सोही वडाको सरस्वती प्राथमिक विद्यालयलाई स्थगन गरिएको हो ।

स्थगनपछि विद्यालय टाढा पर्ने विद्यार्थीका लागि आवासीय सुविधा दिनेगरी काम अगाडि बढाइएको नगर उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो । पहिलो चरणमा भौगोलिक, सामाजिक, आर्थिक कारणले विद्यालयको पहुँचमा पुग्न समस्या भएका बालबालिकाका लागि आवासीय सुविधा दिने उहाँको भनाइ छ ।

नगर उपप्रमुख खड्काका अनुसार बागलुङ–७ स्थित विश्वकर्मा माध्यमिक विद्यालय, वडा नं ११ को महाविद्याजन माध्यमिक विद्यालय रायडाँडा र वडा नं १२ को पृथ्वीहिणन्य माध्यमिक विद्यालयलाई आवासीय रूपमा सञ्चालन गरिने छ । विद्यालयमा विद्यार्थी सङ्ख्या थोरै हुँदा शिक्षण क्रियाकलाप प्रभावकारी नहुने र बढी खर्च हुने हुँदा विद्यालयको तह मिलान तथा स्थगन गरेको उहाँको भनाइ छ । तह मिलानपछि शैक्षिक गुणस्तरसमेत वृद्धि हुने उपप्रमुख खड्का बताउनुहुन्छ ।

“नगरपालिकामा झण्डै सयको हाराहारीमा विद्यालय छन्, ती विद्यालयमा विद्यार्थी निकै कम भएको हुँदा यस वर्ष हामीहरूले धेरै विद्यालयको तह मिलान गरेका छौँ, पोहोर र यस वर्ष गरी चार विद्यालय स्थगन नै गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “सुरुआती चरणमा तीन विद्यालयमा आवासीय सुविधा दिनेगरी सञ्चालनको तयारी छ, पछि आवश्यकताका आधारमा अन्य विद्यालयमा पनि आवासीय सुविधा थप्ने योजना छ ।”

शिक्षा अनुगमन समितिले नगरपालिकाभित्रका ४८ विद्यालय अध्ययन गरी आवश्यकता र समस्याको पहिचान गरी विद्यालयको स्थगन तथा तह मिलान गरिएको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले जानकारी दिनुभयो । तह मिलनपछि अब बाल विकास केन्द्र सञ्चालन हुने विद्यालयको सङ्ख्या आठ, बाल विकास केन्द्र र कक्षा १ मात्र सञ्चालन हुने विद्यालयको सङ्ख्या ११, कक्षा १ मात्र सञ्चालन हुने विद्यालय एक, कक्षा १ देखि ३ सम्म सञ्चालन हुने विद्यालय सङ्ख्या पाँच, कक्षा १ देखि ४ सम्म सञ्चालन हुने विद्यालय दुई र चार विद्यालयमा कक्षा १ देखि ६ सम्म सञ्चालन हुने तथा विद्यालय स्थगन र तह मिलानपछि शिक्षकहरूलाई सोही वडाभित्रका आवश्यक रहेका विद्यालयमा दरबन्दी मिलान गरी व्यवस्थापन गरिने उहाँको भनाइ छ ।

शिक्षा अनुगमन समितिले तय गरेको मापदण्डअनुसार स्थगनपछि विद्यार्थी बढ्ने विद्यालयलाई व्यवस्थापनका लागि रु दुई लाख र प्रत्येक तह मिलान हुने विद्यालयलाई प्रतिकक्षा रु २५ हजारका दरले रकम उपलब्ध गराउने पोखरेलले बताउनुभयो । बालबालिकाका लागि नेपाल सरकारले दिएको रु १५ दिवा खाजामा नगरपालिकाले रु पाँच थप गरिदिने उहाँको भनाइ छ ।

विद्यालय स्थगन र तह मिलानपछि नगरपालिकाले एक वडा एक आवासीय विद्यालय, पढ्दै कमाउँदै कार्यक्रमजस्ता व्यावसायिक र प्राविधिक स्कुल निर्माण गर्ने उद्देश्य राखेको र यस्ता खालका शिक्षामा लगानी गरेमा मात्रै शैक्षिक गुणस्तर वृद्विमा प्रभावकारी भूमिका खेल्ने उहाँ बताउनुहुन्छ । सो नगरपालिकामा ८२ सामुदायिक र २० संस्थागत विद्यालय सञ्चालनमा छन् । पालिकाभर १६ हजार विद्यार्थी अध्ययनरत रहेको नगरपालिकाले जनाएको छ । रासस