५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २१० रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । पाँच खेलको टी–२० सिरिज अन्तर्गत चौंथो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ थालेको वेस्ट इन्डिज ए ले २० ओभरमा ३ विकेटको क्षतिमा २०९ रन जोडेको हो ।

उसका लागि आन्द्रे फ्लेचरले ८४ रनको योगदान दिए । ५४ बल खेल्दै ८४ रनमा अविजित रहेका उनले ९ चौका र ४ छक्का हिर्काए । यस्तै, जोनसन चाल्र्सले ३० बलमा ५८ रन जोडे ।

फाबियन एलेन १९ बलमा ३३ रनसहित अविजित रहे । बलिङतर्फ नेपालका कुशल भुर्तेलले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । यस्तै, प्रतिश जिसिले ४ ओभरमा ४३ रन खर्चेर १ विकेट लिए ।

वेस्ट इन्डिज ए ले २५ रन त अतिरिक्त नै पायो । नेपाली बलर महँगो सावित भए ।