१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने

बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने
अ अ+ अ-

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकामा बुवाँखोलाको पानी लिफ्टिङ गरेर बस्तीमा निकाल्ने आयोजनाको काम अघि बढाइएको छ । सङ्घीय खानेपानी मन्त्रालयले आर्थिक वर्ष २०७९/८० मै बुवाँखोला लिफ्टिङ खानेपानी आयोजनालाई रातो किताबमा समेटेको थियो । तर, आयोजना सुनिश्चित भएको दुई वर्षपछिमात्रै लिफ्टिङ खानेपानी आयोजनाको सर्वेक्षण तथा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम अघि बढाइएको हो ।

छ वडा रहेको उक्त गाउँपालिकाको वडा नं २ बाहेक अन्य सबै वडा ९१, ३, ४, ५ र ६० का नागरिकलाई पिउनेपानी उपलब्ध गराउन खानेपानी विभागसँगको सहकार्यमा प्रिक्सा कन्सल्टेन्सीले लिफ्टिङ आयोजनाको सर्वेक्षण पूरा गरेको छ । आयोजनाको डिपिआर तयार पार्न अझै कम्तीमा दुई हप्ता समय लाग्ने जनाइएको छ ।

मन्त्रालयबाट थोरै बजेट विनियोजन हुँदा दुई वर्षसम्म आयोजनाको सर्वेक्षणको काम नभएपछि पुन: गत फागुनमा सचिव सुरेश आचार्यलाई भेटेर आयोजनाको काम अघि बढाउन आग्रह गरिएको नेपाली कांग्रेस जन्तेढुङ्गा पार्टी सभापति बाजिन्द्र विष्टले जानकारी दिनुभएको छ । बुवाँखोलाको चण्डीथानमाथि झोलुङ्गे पुलछेउबाट पहिलो मोटर राखेर एक हजार नौ सय ५८ मिटर उचाइमा रहेको भञ्ज्याङखर्कमा पानी निकाली गाउँपालिकाभित्रका बस्तीमा पानी वितरण गर्ने योजना छ ।

बुँवाखोला लिफ्टिङ खानेपानी आयोजनाबाट वडा नं १, ३, ४, ५ र ६ मध्ये चार वडाका पूर्ण र वडा नं १ को पैयाँटार, देवीस्थान, रिला, बुकुलाका स्थानीय लाभान्वित हुने सभापति विष्टले जानकारी दिनुभएको छ । करिब रु ५० करोडको लागत आउने अनुमान गरिएको बुँवाखोला लिफ्टिङ खानेपानी आयोजनाबाट उक्त गाउँपालिकाका एक हजार घरधुरी लाभान्वित हुने जनाइएको छ ।

लिफ्टिङ खानेपानी आयोजना सञ्चालनका लागि बाम्राङका मिलन राईको पाँच रोपनी जग्गामा दोस्रो मोटर राखिने जनाइएको छ । बाम्राङमा राखेर सो स्थानमा पानी प्रशोधन गरेपछि त्यसको आसपासका बस्तीमा पानी वितरण गर्ने योजना बनाइएको सभापति विष्टले बताउनुभएको छ ।

तेस्रो मोटर थर्पुडाँडा र चौथो मोटर चुन्थेडाँडामा राख्नेगरी सर्वेक्षणको काम गरिएको जनाइएको छ । उक्त स्थानबाट अन्य वडामा पानी लैजानेगरी ठूलो ट्याङ्की निर्माण गरिने र चौथो मोटरबाट भञ्ज्याङखर्कको सबैभन्दा अग्लो डाँडामा पानी निकालेर पानी वितरण गरिने छ ।

क्रमागत योजनाअन्तर्गत सञ्चालन गर्न लागिएको लिफ्टिङ खानेपानी आयोजनाका लागि मन्त्रालयले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा रु पाँच लाख बजेट विनियोजन गरेको थियो । तर कुनै पनि काम नभएपछि महिना दिनअघि हलेसी तुवाचुङ नगरपालिकाका पूर्वनगरप्रमुख इवन राई, सभापति विष्टलगायत मन्त्रालय पुगेर डिपिआर तयार पारेर काम अघि बढाउने निश्चित गराउनुभएको हो ।

यही वैशाख १३ गते सर्वेक्षणको काम सम्पन्न गरिएको आयोजनाका लागि प्राविधिक टोलीसँग सभापति विष्ट, वडाध्यक्षद्वय विदुरमान राई र धनबहादुर राई, नेतृ अनिता राईलगायत सहभागी हुनुभएको थियो । आयोजना सञ्चालनका लागि स्थानीय सरकारको तर्फबाट गाउँपालिकाले अवश्यक सहयोग गर्ने गाउँपालिका उपप्रमुख खेमबहादुर खड्काले बताउनुभएको छ । रासस