२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली पत्नी राधिकाले मानवसेवा आश्रममा मनाइन् जन्मदिन



अ+ अ-

काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको श्रीमती राधिका शाक्यले मानवसेवा आश्रममा जन्मदिन मनाउनुभएको छ ।

मानवसेवा आश्रमको संरक्षक समेत रहनुभएको शाक्यले नागार्जुन नगरपालिकामा रहेको आश्रमको शाखामा आइतबार बेलुका जन्मदिन मनाउनुभएको हो ।

शाक्यले जन्मदिनको अवसरमा मानवसेवा आश्रमको संरक्षणमा रहनुभएका लक्ष्मीनारायण र बालगोपालहरुलाई भोजन गराउनका लागि रु. ५२ हजार योगदान गर्नुभयो ।

उक्त कार्यक्रम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष उपस्थितिमा भएको थियो । उहाँले आश्रममा आश्रितहरुलाई आफ्नै हातले भोजन गराउँदै रमाउनुभयो ।

कार्यक्रममा बूढानिलकण्ठ नगरपालिकाका उप प्रमुख अनिता लामा, नागार्जुन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद ढकाल, मानवसेवा आश्रमका अभिभावक एवम् बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष माननीय सुरेशमान श्रेष्ठ, नागार्जुन नगरपालिकाका प्रशासन विभाग प्रमुख नारायण तिमल्सिना लगायत मानवसेवा आश्रमलाई प्रेम गर्नुहुने सहयोगी शुभेच्छुक महानुभावहरुको उपस्थिति रहेको थियो ।

मानवसेवा आश्रमले सडकपेटी र सार्वजनिक स्थलहरुमा रहेका सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर) सडकआश्रित मानवहरुको उद्धार, उपचार, पारिवारिक पुनर्मिलन एवं पुनर्मिलन हुन नसकेकाहरुको लालनपालन र संरक्षण गर्दै आइरहेको छ ।

आजको दिनसम्म आइपुग्दा करिब ७५०० जनाको उद्धार गरिसकेको छ भने आजको दिनमा सातै प्रदेशको १९ जिल्लाको २३ वटा सेवा केन्द्रमा गरि करिब १५०० जना विभिन्न उमेर समूहका व्यक्तिहरु संरक्षित हुनुहुन्छ ।