२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उम्मेदवार मनोनयनको औपचारिक पत्र पठाउने जिम्मा सभापति देउवालाई



?????????? ???????? ????? ?????? ???????????? ???????? ??????????
अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार मनोनयनको औपचारिक पत्र पठाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ ।

शनिवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको हो । त्यस्तै बेठकले आगामी मंसिर ४ गते हुने निर्वाचनमा पहिलो हुने निर्वाचित प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा पार्टीका तर्फबाट प्रतिष्पर्धामा उठाउने उम्मेदवारलाई उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्नका लागि पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गरेको छ ।

बैठकले आगामी निर्वाचनको लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने र सो सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न पार्टीका केन्द्रिय कार्यालयका मुख्य कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको पार्टीका सहमहामन्त्री आङ्दम्बेले बताउनु भयो । उहाँले आगामी निर्वाचनको प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२(८) (क) (ख) र (ग) बमोजिम तथा प्रदेश सभा सदस्यको प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२(७) (क)(ख)(ग) र (घ) बमोजिमको प्रक्रिया पु¥याइ उम्मेदवारको नाम प्रश्ताव र सिफारिस गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रिय कार्यालय मार्फत निर्देश गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गर्ने आगामी मंसिर ४ गते हुने निर्वाचनमा पहिलो हुने निर्वाचित प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा पार्टीका तर्फबाट प्रतिष्पर्धामा उठाउने उम्मेदवारलाई उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्नका लागि पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने, आगामी निर्वाचनको लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने र सो सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न पार्टीका केन्द्रिय कार्यालयका मुख्य कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिने, आगामी निर्वाचनको प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२(८) (क) (ख) र (ग) बमोजिम तथा प्रदेश सभा सदस्यको प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२(७) (क)(ख)(ग) र (घ) बमोजिमको प्रक्रिया पु¥याइ उम्मेदवारको नाम प्रश्ताव र सिफारिस गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रिय कार्यालय मार्फत निर्देश गर्ने ।’

सहमहामन्त्री आङ्दम्बेले बैठकले आगामी प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान २०७९ भाद्र २ गतेदेखि गर्ने निर्णय गरिएकोमा उक्त अभियान भदौ १० गतेदेखि भदौ २४ गतेसम्म सञ्चालन गर्ने निर्णइ गरेको पनि बताउनु भयो ।




भर्खरै