• १३ जेष्ठ २०८१, आईतवार
  •      Sun May 26 2024
  •   Unicode
Logo

मदन पुरस्कार २०७८ का लागि अन्तिम आठ पुस्तक सार्वजनिक



काठमाडौँ । मदन पुरस्कार २०७८ का लागि अन्तिम आठ पुस्तकको सूची सार्वजनिक भएको छ । मदन पुरस्कार गुठीलाई २९९ पुस्तकहरू प्राप्त भएको थियो । ती पुस्तकहरुबाट मदन पुरस्कार २०७८ का लागि आठ पुस्तकलाई श्रेष्ठ सूचीमा राखिएको हो ।

सूचीअनुसार डा नवराज लम्सालको ‘अग्नि’, डा दामोदर पुडासैनी ‘किशोर’ को ‘ग्रिष्मको नीलो बतास’, वसन्त बस्नेतको ‘महाभारा’, दिपा मेवाहाङ राईको ‘यादको सन्दुक’, डा नयनाथ पौडेलको ‘लिच्छवि लिपि’, डा नीलमणि ढुंगानाको ‘व्यूत्पत्तिमूलक संस्कृत (नेपाली शब्दकोशा)’, सुजित मैनालीको ‘सति–इतिहास र मीमांसा’ र पद्मसुन्दर जोशीको ‘हिती प्रणाली’ रहेका छन् ।

यी आठ पुस्तकमध्ये एक पुस्तकलाई २०७८ सालको मदन पुरस्कार दिइने मदन पुरस्कार गुठीले विज्ञप्ति जारी गरी बताएको छ ।