६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सम्झनामा किसुनजी’



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ‘सम्झनामा किसुनजी’ विषयमा आजदेखि दुई दिवसीय तस्बिर प्रदर्शनी आयोजना गरिएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरिएको सन्त नेता भट्टराईको राजनीतिक जीवनसँग सम्बन्धित एकसय तस्बिर समावेश छन् । राष्ट्रियता, इमान्दारिता, पारर्शिता र नैतिकताका पुजारी पूर्वप्रधानमन्त्री भट्टराई नेपालमा प्रजातन्त्र स्थापनाका सन्दर्भमा भएका बैठक, सभा, सम्मेलन, सरकार सञ्चालन तथा विभिन्न विशिष्ट व्यक्तिसँग भेटघाटसँग जोडिएको तस्बिर छन् ।

उक्त प्रदर्शनीको नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौला, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का सचिव रामकुमारी झाँक्री विभिन्न पार्टीका नेता तथा कार्यकर्तालगायतले अवलोकन गर्नुभयो ।