९ भाद्र २०८३, मंगलवार
,
Latest
पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कोपिलाका सुगन्ध’ बजारमा



अ+ अ-

काठमाडौँ । देशका विविध क्षेत्रमा ख्याति कमाएका व्यक्तिहरूको बालपन समेटिएको विन्दु अधिकारी ढकालद्वारा लिखित संस्मरण सङ्ग्रह ‘कोपिलाका सुगन्ध’ आज एक कार्यक्रमबीच विमोचन गरिएको छ ।

सीताराम–पदमकुमारी फाउन्डेसनले आज यहाँ आयोजना गरेको कार्यक्रममा हास्यकलाकार हरिवंश आचार्यले उक्त पुस्तक विमोचन गर्नुभएको हो । उहाँले भन्नुभयो, “यो पुस्तकमा मेरो कथासहित देशका ख्यातिप्राप्त व्यक्तिहरूका कथाका विषयमा लेखिएको छ, लेखन तथा साहित्यिक क्षेत्रमा यतिसम्मको कलम चलाउन सक्नु ठूलो कुरा हो ।”

उहाँले मदनकृष्ण श्रेष्ठ र आफू हास्यव्यङ्ग्यकै माध्यमबाट चिनिन सफल भएका र उक्त क्षेत्रमा काम गर्दा कैयौँ पटक प्रहरी हिरासतमा परेको स्मरण सुनाउनुभयो । घरपरिवारले साथ दिए साहित्यदेखि कथा, कविता र पुस्तक लेखन सहज हुने उहाँले बताउनुभयो ।

अर्का हास्यकलाकार मनोज गजुरेलले विन्दु अधिकारी ढकालद्वारा लिखित संस्मरण सङ्ग्रह कोपिलाका सुगन्ध मार्मिक एवं सान्दर्भिक छ भन्नुभयो ।

प्रमुख अतिथि पूर्वमन्त्री शङ्करप्रसाद कोइरालाले देशका नाम चलेका व्यक्तिका बालापन समेटिएको पुस्तक पठनीय भएको बताउनुभयो ।

लेखक विन्दु अधिकारी ढकालले घरपरिवार, विभिन्न राष्ट्रियस्तरका पत्रपत्रिकाका एवं सञ्चारमाध्यमको साथ र सहयोगका कारण आफूले साहित्यलगायत पुस्तक लेखनमा अघि बढ्न सफल भएको बताउनुभयो । उहाँले आफ्ना श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक भीमप्रसाद ढकालको प्रेरणाबाट लेखनमा लागेको बताउनुभयो ।

ढकालद्वारा लिखित उक्त पुस्तकमा अनुराधा कोइराला, डा आशा सिंह, उर्मिला उपाध्याय गर्ग, करिष्मा मानन्धर, कालिप्रसाद बास्कोटा, कुलमान घिसिङ, कृष्णचन्द्र शर्मा, प्रा डा कृष्णहरि बराल, केदार घिमिरे (माग्ने बुढा), गङ्गा सुवेदी, गङ्गाप्रसाद उप्रेती, गीता केशरी, गुणराज लुइँटेल, डा चन्द्रमणि अधिकारी, जितु नेपाल (मुन्द्रे), ढुण्डिराज शास्त्री, तिलबहादुर कार्की, दिनेशकुमार थपलिया, डा निलम ढुङ्गाना, परशु प्रधान, पारस खड्का, प्रकाश सपुत, प्रतिभा राणा, भवानी राणा, भेषराज कँडेल, मनोज गजुरेल, महाप्रसाद अधिकारी, महावीर पुन, माधवकुमार नेपाल, प्रा माधवप्रसाद आचार्य, डा मानबहादुर विश्कर्मा, मेलिना राई, मोदनाथ प्रश्रित, यादव खरेल, डा यावदकुमार भट्ट, प्रा डा युवराज सङ्ग्रौला, राजेश हमाल, राधिका शाक्य, व्याकुल माइला, शङ्करप्रसाद कोइराला, शशि शाह, डा शान्तराज सुवेदी, शेरबहादुर कुँवर केसी, सपना प्रधान मल्ल, सर्वेन्द्र खनाल, सीताराम कट्टेल (धुर्मुस), सुनिल पोख्रेल, सुशीला कार्की तथा हरिवंश आचार्यका बालपन समेटिएको छ ।