११ भाद्र २०८३, बिहीबार
,
Latest
पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग बाढी प्रभावित नुवाकोटको विदुर पुगे प्रधानमन्त्री शाह, क्षतिको स्थलगत निरीक्षण बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढी : जलविद्युत आयोजनाका २०० भन्दा बढी सम्पर्कविहीन, उद्धारको पर्खाइमा बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहीबार नेप्से परिसूचक ५८.९९ अंकले गिरावट



अ+ अ-

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ । 

बुधबार १५ अंकले गिरावट आएको नेप्से बिहीबार ५८.९९ अंक घटेर २ हजार ६६१.४४ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स २.१७ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१४ प्रतिशत घटेको छ ।

बिहीवार कारोबारमा आएका २२९ कम्पनीको ८४ लाख ९० हजार कित्ता शेयर ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । कारोबारमा आएका २२९ कम्पनी मध्ये १२ कम्पनीको मात्रै मूल्य बढेको छ भने २११ कम्पनीको मूल्य घटेको नेप्सेले जनाएको छ । बाँकी ६ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

नप्सेको १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी  ३.०१ प्रतिशत घटेको छ । त्यस्तै विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ । बाँकी व्यापार, उत्पादन तथा प्रशोधन र बैंकिङ्ग उपसमूहको परिसूचक १ प्रतिशतले घटेको छ ।

नेप्से परिसूचकमा गिरावट आए पनि हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।त्यस्तै युनिभर्सल पावर कम्पनीका मूल्य भने सबै भन्दा बढी ५.७० प्रतिशतले गिरावट आएको छ । नयाँ सारथी लघुवित्त र सिद्धार्थ इन्स्योरेन्सको शेयरमूल्य गिरावट आएको छ ।

कारोबार रकमका आधारमा २६ करोड ९७ लाख १६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । नेपाल टेलिकमको २५ करोडभन्दा बढीको कारोबार भएको छ ।