• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   कुवेत आगलागीमा ज्यान गुमाएका ४५ जनाको शव भारत ल्याईयो ★   ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १५ प्रतिशत छुट ★   सूचना प्रविधि दशकअघि बढाउन भारतीय सहयोग महत्वपूर्ण हुने: मन्त्री शर्मा ★   साउथ अफ्रिकासँग भिड्न पसिना बगाउँदै क्रिकेट टोली – फोटोफिचर ★   खडेरीले बारीमै कोदो सुकेपछि किसान चिन्तित ★   सरकारले ढिला नगरी पर्यटनसम्बन्धि ऐन संशोधन गर्नुपर्छ: एमाले सचेतक बराल ★   साढे दुई कट्ठामा १४ क्विन्टल धान उत्पादन ★   बझाङ्गको चैनपुरमा प्रभु बैंकको ३०४ औ शाखा सञ्चालनमा ★   ‘सार्वजनिक बिदाका दिन पनि सरकारी कार्यालय खुल्छन्’ ★   ललितपुर महानगरका मेयर महर्जनको प्रशंसा नगरी बस्न सक्दिन: राप्रपा सांसद कार्की

लिग वानः मेसी र नेयमार चम्किँदा पिएसजीको सानदार जित



एजेन्सी । फ्रेन्च फुटबल लिग लिग वान अन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी)ले सानदार जितसँगै सिजनको सुरुवात गरेको छ । शनिबार राति सम्पन्न खेलमा साविक विजेता पिएसजीले क्लेरमन्ट फुटलाई उसकै मैदानमा ५–० गोलले पराजित गरेको हो ।

पिएसजीको जितमा लियोनल मेसीले दुई गोल र एक असिस्ट तथा नेयमारले तीन असिस्टसँगै एक गोल गरे भने अचरफ हाकिमी र मार्किन्हसले एक–एक गोल गरे । पिएसजीले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल गर्यो ।

खेलको नवौं मिनेटमा नेयमारले मेसीले उपलब्ध गराएको पासमा गोल गर्दै खाता खोले । २६औं मिनेटमा अचरफ हाकिमीले नेयमारको पासमा गोल गर्दै अग्रता दोब्बर पारे । यस्तै, ३८औं मिनेटमा कप्तान मार्किन्हसले नेयमारकै पासमा गोल गरेपछि पिएसजीले पहिलो हाफमा ३–० को अग्रता लियो ।

यस्तै, दोस्रो हाफको दुवै गोल मेसीको नाममा रह्यो । ८०औं मिनेटमा नेयमारको तेस्रो असिस्टमा मेसीले गोल गरे भने ८६औं मिनेटमा मेसीले लियान्द्रो ड्यानियल पारेडेसको पासमा व्यक्तिगत दोस्रो र टोलीका लागि पाँचौं गोल गरे । इन्ज्युरीका फ्रान्सेली युवा स्टार केलियन एमबाप्पेले भने यो खेलमा विश्राम लिएका थिए । जितसँगै पिएसजीले ३ अंक जोडेको छ ।