१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सरकारले ढिला नगरी पर्यटनसम्बन्धि ऐन संशोधन गर्नुपर्छ: एमाले सचेतक बराल

सरकारले ढिला नगरी पर्यटनसम्बन्धि ऐन संशोधन गर्नुपर्छ: एमाले सचेतक बराल
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) की सचेतक सुनिता बरालले पर्यटनसम्बन्धि ऐनलाई तत्काल संशोधन गर्नसरकारसँग माग गर्नुभएको छ ।

पर्यटन क्षेत्रमार्फत मुलुकलाई समृद्ध बनाउन पनि सरकारले सो सम्बन्धि ऐनलाई ढिला नगरी समयसापेक्ष बनाउन आवश्यक रहेको उहाँको तर्क थियो । शुक्रवार प्रतिनिधि सभा बैठकमा वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले सो कुरा बताउनुभएको हो । सचेतक बरालले पर्यटनसम्बन्धि ऐनलाई समयसापेक्ष बनाउन नसक्दा अपेक्षित कामहरु केही पनि गर्न नसकेको यथार्थलाई आत्मासात गरेर सरकारले सो ऐनलाई समय सापेक्ष बनाउनुपर्ने बताउनु भयो ।

उहाँले सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा विमानस्थल सञ्चालनका लागि बजेटको व्यवस्था नगरेर पर्यटन क्षेत्रप्रति जिम्मेवारी नभएको कुरालाई देखाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । सचेतक बरालले पर्यटनमार्फत मुलुकको समृद्धको सम्भावना अधिक रहेपनि त्यस क्षेत्रको काममा दक्षता अभिवृद्धिका लागि स्थापित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको कामलाई सरकारले प्रभावकारी बनाउन नसकेको गुनासो पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी नीति बनाउने ठाउँमा छौ । र हाम्रो मुख्य दायित्व नीति निर्माण गर्ने कानून बनाउने हो । तथापि पर्यटन क्षेत्र हाम्रो देशको समृद्धिको संकल्प पूरा गर्नका लागि एउटा महत्वपूर्ण क्षेत्र हो भन्ने हामी सबैले दोहोर्‍याई रहने तर पर्यटन सम्बन्धि ऐनलाई समयसापेक्ष बनाउन नसक्दा हामीले अपेक्षित कामहरु केही पनि गर्न नसकेको यथार्थ पनि हामीलाई थाहा छ । हामीले कहिले सोच्ने र कामयावी बन्ने बनेर सबैले सोच्न जरुरी छ । म एउटा पर्यटन समितिलाई पनि प्रतिनिधित्व गर्ने भएकाले सरकारलाई फेरि पनि आग्रह गर्न चाहन्छु पर्यटन ऐन ढिला नगरी ल्याएर यो देशको समृद्धिका सम्भावनाहरुलाई थप परिस्थिकृत पार्नका लागि विशेष ध्यानाकर्षण गराउन चाहन्छु ।’

‘नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान, जुन पर्यटन क्षेत्रमा तालिम प्राप्त दक्ष उत्पादन गर्नका लागि एउटा स्थापित संस्था थियो । आज त्यो बिस्तार हुनुपर्ने, अझ फराकिलो हुनुपर्ने ठाउँमा त्यसले के गरिरहेको छ भन्ने थाहा खवर नहुने अवस्थामा छ । आज हामीले पर्यटन क्षेत्रलाई मुलुकको समृद्धिको लागि प्राथमिकतामा राख्छौ भनेर नीतिगत रुपमा हाम्रा भाषणमा भनिराख्दा खेरी यस्ता खालको संस्थाहरुलाई ओझेलमापर्दा हामी गन्तव्यमा कसरी पुग्छौ ? यो पनि सोच्नुपर्ने हुन्छ । सरकारको नीति, कार्यक्रम बजेटमा पोखरा र भैरहवा विमानस्थललाई कहीँ पनि उल्लेख नहुनुले हामी पर्यटन क्षेत्रप्रति कति संवेदनशील र सचेत छौं ? प्रष्ट देखाएको छ ।’

सचेतक बरालले पर्यटन क्षेत्रलाई मुलुकको समृद्धिको लागि प्राथमिकतामा राख्छाँै भनेर नीतिगत रुपमा भनेपनि सो अनुसारको काम गर्न नसकेको गुनासो गर्नुभयो ।