२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिग वानः मेसी र नेयमार चम्किँदा पिएसजीको सानदार जित



अ+ अ-

एजेन्सी । फ्रेन्च फुटबल लिग लिग वान अन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी)ले सानदार जितसँगै सिजनको सुरुवात गरेको छ । शनिबार राति सम्पन्न खेलमा साविक विजेता पिएसजीले क्लेरमन्ट फुटलाई उसकै मैदानमा ५–० गोलले पराजित गरेको हो ।

पिएसजीको जितमा लियोनल मेसीले दुई गोल र एक असिस्ट तथा नेयमारले तीन असिस्टसँगै एक गोल गरे भने अचरफ हाकिमी र मार्किन्हसले एक–एक गोल गरे । पिएसजीले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल गर्यो ।

खेलको नवौं मिनेटमा नेयमारले मेसीले उपलब्ध गराएको पासमा गोल गर्दै खाता खोले । २६औं मिनेटमा अचरफ हाकिमीले नेयमारको पासमा गोल गर्दै अग्रता दोब्बर पारे । यस्तै, ३८औं मिनेटमा कप्तान मार्किन्हसले नेयमारकै पासमा गोल गरेपछि पिएसजीले पहिलो हाफमा ३–० को अग्रता लियो ।

यस्तै, दोस्रो हाफको दुवै गोल मेसीको नाममा रह्यो । ८०औं मिनेटमा नेयमारको तेस्रो असिस्टमा मेसीले गोल गरे भने ८६औं मिनेटमा मेसीले लियान्द्रो ड्यानियल पारेडेसको पासमा व्यक्तिगत दोस्रो र टोलीका लागि पाँचौं गोल गरे । इन्ज्युरीका फ्रान्सेली युवा स्टार केलियन एमबाप्पेले भने यो खेलमा विश्राम लिएका थिए । जितसँगै पिएसजीले ३ अंक जोडेको छ ।