६ भाद्र २०८३, शनिबार
,
Latest
काँग्रेस महाधिवेशन मंसिरपछि सार्न मिल्दैन, सर्वोच्चले यसलाई बुझ्छः उपसभापति शर्मा प्रदीप गिरीको स्मृतिमा नेपाली काँग्रेसद्वारा ‘फेलोसिप’ र निवन्ध पुरस्कार घोषणा लोकतन्त्रलाई लयमा फर्काउन र बरालिएको व्यवस्थालाई व्यवस्थित् गर्न अग्रगामी मोर्चाको हस्तक्षेपकारी भूमिका : प्रभु साह रसुवाको नयाँ ‘टुरिस्ट हब’ बन्दै भाङ्गे झरना-फोटो फिचर कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण म्यान्माको गुम्बामा भएको हवाई आक्रमणमा १४ जनाको मृत्यु लागुऔषधसहित तीन जना पक्राउ पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’ बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु एमालेले मानेको जबज भनेको पुँजीवाद हो- झलनाथ खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपको आगमनले थप बल मिलेको छ – कप्तान पौडेल



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले सन्दीप लामिछानेको अगामनपछि टोली बलियो बनेको बताएका छन् ।

अमेरिका र वेस्ट इन्डिजमा जारी आइसिसी टी–२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिकाको खेलअघि रोहितले यस्तो बताएका हुन् ।

नेपालले शनिबार बिहान तेस्रो खेलमा सुपर ८ मा पुगिसकेको दाबेदार टोली दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ ।

अमेरिकाले भिसा नदिएका कारण सुरुआती दुई खेल गुमाएका सन्दीप यो खेलमा भने उपलब्ध हुनेछन् ।

आईसिसीको प्रेस मिटमा ‘रोहितले भने ‘जसरी पनि दक्षिण अफ्रिकालाई हराउने लक्ष्यका साथ मैदान उत्रिने छौं । सन्दीपको आगमनले स्पिन आक्रमण अझै बलियो बनेको छ । हामी मानसिक रूपमा पनि तयार छौं । सन्दीपले धेरै क्रिकेट खेल्नुभएको छ । उहाँसँग धेरै अनुभव छ । उहाँले नियमित अभ्यास पनि गरिरख्नुभएको छ । उहाँ राम्रोसँग तयार हुनुहुन्छ ।’

‘हामी मैदानमा उत्रिएपछि हाम्रो मानसिकता नै कसरी जित्ने भन्ने हुन्छ । हाम्रो टीमको राम्रो तयारी छ । दक्षिण अफ्रिकासँग खेल्नलाई उत्साहित छौं ।’ रोहितले थपे ।

पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको नेपालले वर्षाका कारण श्रीलंकाविरुद्धको खेल हुन नसकेपछि अंक बाँडेको थियो ।

नेपाललाई सुपर ८ मा स्थान बनाउने सम्भावना जिवितै राख्न यो खेल जित्नै पर्ने दवाब छ ।