१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

‘सार्वजनिक बिदाका दिन पनि सरकारी कार्यालय खुल्छन्’

‘सार्वजनिक बिदाका दिन पनि सरकारी कार्यालय खुल्छन्’
अ अ+ अ-

भक्तपुर । बिदाका दिन सरकारी कार्यालयमा सेवाग्राही नआउँदा अधिकांश कार्यालय सुनसान देखिएका छन् ।

गृह मन्त्रालयले २०७९ चैत २ देखि राजपत्रमा सूचना प्रकाशित गरी १८ प्रकारका सार्वजनिक बिदाका दिनमा पनि अत्यावश्यकीय सेवा प्रवाह गर्ने सरकारी कार्यालय खोल्ने निर्णय गरेको थियो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले सार्वजनिक बिदाका दिनमा कार्यालय खुल्ने गरेको र कर्मचारी सेवा दिने गरेको बताउनुभयो ।

शनिबारबाहेकका अन्य चाडबाड तथा पर्वलगायतका सार्वजनिक बिदाका दिन जिल्ला प्रशासन कार्यालयबाट नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रसम्बन्धी सबै काम हुने उहाँले बताउनुभयो । सेवा दिने कार्यालयमा कर्मचारी सेवाग्राहीको प्रतिक्षामा बसे पनि सेवाग्राहीको आगमन भने कमै हुने गरेको उहाँले बताउनुभयो ।

सेवाग्राहीलाई सार्वजनिक बिदाका दिनमा कार्यालय खुल्छ र सेवा पाइन्छ भन्ने धेरैलाई थाहा नहुँदा सेवाग्राहीको आगमन कम हँुदा त्यस्ता दिनमा यस्ता कार्यालय सुनसान हुने गरेको उहाँले बताउनुभयो । नापी र मालपोत कार्यालय सार्वजनिक बिदामा पनि खुला हुने गरेका छन् । सरकारले उभौली पर्व–चण्डीपूर्णिमा, बुद्धजयन्ती, गणतन्त्र दिवस, गाईजात्रा, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, इन्द्रजात्रा, घटस्थापना, क्रिसमस डे, किरात समुदायको उधौली पर्व, योमरी पुन्ही–ज्यापू दिवस, तमुल्होसार, बुद्धजयन्ती, माघी पर्वमा अत्यावश्यकीय सरकारी कार्यालय खुला गर्ने निर्णय गरेसँगै यस्ता कार्यालयमा सार्वजनिक बिदामा पनि सेवा प्रवाह हुने गरेका छन् ।

त्यस्तै प्रजातन्त्र दिवस, महाशिवरात्रि, अन्तर्राष्ट्रिय महिला दिवस, घोडेजात्रा, इद उल फित्र, बकर इद र मच्छिन्द्रनाथको भोटो देखाउने जात्रालगायतका सार्वजनिक बिदामा पनि सरकारी कार्यालय खुल्ला रहने गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भन्नुभयो, “बिदाको दिनमा हामीले कर्मचारीको एउटा युनिट राखेका हुन्छौँ । सेवा दिइरहेका हुन्छौँ । सार्वजनिक बिदामा दिनमा निकै कम काम हुन्छ ।”